कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता

Jul 09, 2020 02:18 PM merolagani


कृषि विकास बैंक लिमिटेडको १ हजार रूपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन (डिबेञ्चर) १०.३५ प्रतिशत व्याजदर रहेको ‘एडिबिएल कृषि बैंक ऋणपत्र २०८३’ को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरे । सम्झौता पश्चात उक्त ऋणपत्रको दोश्रो बजारमा कारोवार सुरू हुनेछ ।

उक्त अवसरमा कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एन आईविएलएस क्यापिटल लिमिटेडका सञ्चालन अधिकृत रामकुमार महतको समेत उपस्थिती थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।