नेप्से बढेपनि कारोबार रकम घट्यो, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Jul 09, 2020 03:34 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

बिहीबार नेप्से परिसूचक ४.५७ अंक अर्थात ०.३४ प्रतिशत बढेर एक हजार ३३१.१० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र फ्लोट इण्डेक्स ०.२६ अंक बढेको छ।

अघिल्लो दिन १ अर्बभन्दा बढीको कारोबार भएको बजारमा यस दिन ९० करोड ८० लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन १७८ कम्पनीको १४ हजार ६६३ पटकको कारोबारमा २२ लाख २६ हजार कित्ता शेयर किनबेच भएको छ।

३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से सामान्य अंकले बढेपनि यस दिन तीन कम्पनीहरुको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यस दिन सूर्योदय लघुवित्त, एनआईसी एशिया लघुवित्त र वोमी माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, यस दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ७.२६ प्रतिशत बढेको छ भने एनएमबि माइक्रोफाइनान्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन ग्लोबल आइएमई समुन्नत स्किम–१, नेशनल हाइड्रोपावर, रिडी हाइड्रोपावर र सबैको लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

यस दिन पनि सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ हजार ३२२ पटकको कारोबारमा १५ करोड १८ लाख ४५ हजार रुपैयाँ बराबरको ३ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने छिमेक लघुवित्तको ६ करोड ४१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१० उपसमूहको परिसूचक बढ्यो

समूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको सर्वाधिक २.११ प्रतिशत घटेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।