अजोड इस्योरेन्सको आईपीओमा पहिलो दिनमै करिब दुई गुणा आबेदन

Jul 09, 2020 06:49 PM Merolagani

अजोड इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै करिब २ गुणा बढी आबेदन परको छ ।बिहीवार १ लाख २९ हजार आबेदनबाट ५० लाख कित्ता अर्थात ५० करोड रुपैयाँ बराबरको आवेदन परेको हो । 

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बिहिबार ५ बजेसम्ममा ५० लाख कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजारको १.८३ गुणा बढी हुन आउछ ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार देखि बिक्रि खुला गरेको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म बिक्री खुला हुनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरे साउन ८ गतेसम्म आवेदन दिने मिति लम्बिन सक्नेछ ।

कम्पनीको आईपीओमा प्रति शेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, शेयर प्रत्यभुतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल छन्।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।