जनकपुर लघुवित्तलाई गाभ्न स्वरोजगारले बोलायो साधारणसभा,शतप्रतिशत हकप्रद बेच्ने

Jul 10, 2020 11:43 AM Merolagani

स्वरोजगार लघुवित्त (SLBBL)ले जनकपुर लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ। लघुवित्तले साउन १० गते सि डब्ल्यु रेस्ट्रो एण्ड क्याफे कमलादी काठमाडौंमा विशेष साधारण सभा बोलाएको हो।

बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुरमा मुख्य कार्यालय रहेको जनकपुर लघुवित्तलाई १०० बराबर ७० कित्ताको अनुपातमा गाभ्न लागेको हो। त्यस्तै सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थालाई गाभ्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख रुपैयाँ छ भने जनकपुर लघुवित्तको ३ करोड ४७ लाख ५० हजार रुपैयाँ छ। जनकपुर लघुवित्तलाइ गाभेपश्चात शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव समेत सभामा लैजादै छ।

साधारणसभा प्रयोजनको लागि लघुवित्तले साउन ५ गते एक दिनको लागि बुकक्लोज गर्ने जनाएको छ। साउन ४ गतेसम्म् कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।