सातामा नेप्से ६ प्रतिशत बढ्दा कुन कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो?

Jul 10, 2020 01:11 PM Merolagani

यस साता नेप्से परिसूचक ५.९७ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन एक हजार २५६.११ विन्दुमा बन्द भएको नेप्से, यस साताको अन्तिम दिनसम्ममा ७४.९९ अंक बढेर एक हजार ३३१.१० विन्दुमा बन्द भएको छ।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ४.२३ प्रतिशत अर्थात ११.३८ अंक बढेर २८०.४१ विन्दुमा पुगेको छ। यस साता बजारमा कुल ५ अर्ब १६ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण १७ अर्ब ४६ अर्ब पुगेको छ।

सर्वाधिक कमाउने आशा लघुवित्त

बजार ६ प्रतिशत बढ्दा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक २९.८६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य २० प्रतिशतभन्दा बढी बढेको छ।

यस साता अपि पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशत घटेको छ। त्यस्तै, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

३ उपसमूहको परिसूचक १० प्रतिशतभन्दा बढी बढ्यो

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको मात्र घटेको छ। होटल उपसमूहको परिसूचक सर्वाधिक ११.७० प्रतिशत बढेको छ। त्यसैगरी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १० प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस साता ३.४१ प्रतिशत घटेको छ।

पपुलर बाई लक्ष्मी बैंक

यस साताको फ्लोरसिट अनुसार मोस्ट पपुलर बाई स्टक अर्थात सर्वाधिक खरिद गरिएको स्टक लक्ष्मी बैंक लिमिटेड रहेको छ। त्यसैगरी, मोस्ट पपुलर सेल स्टक अर्थात सर्वाधिक बिक्री गरिएको स्टक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको रहेको छ।

करिब साढे २ करोड कित्ता सूचीकृत

यस साता एक कम्पनीको आईपीओ, दुई डिबेञ्चर र चार कम्पनीको बोनस गरी कुल २ करोड ४८ लाख २४ हजार ५२३.१७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्। यस साता एनआईसी एशिया लघुवित्तको १ करोड ४८ लाख कित्ता साधारण शेयर, सिटिजन्स र कृषि विकास बैंकको ५० लाख कित्ता ऋणपत्र र अन्य ४ कम्पनीको बोनस शेयर सूचीकृत गरेका हुन्।

पूँजीकरणका आधारमा एनटिसी अगाडि

यस साता पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अगाडि रहेको छ। लकडाउनपछि कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनी पूँजीकरणका आधारमा सातौँ स्थानमा आएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।