तास खेल्नका लागि मात्रै तीन वर्षमा ६५ करोड खर्च

Sep 22, 2020 06:17 PM Merolagani

  • ज्याेति शाह

नेपालीले तीन वर्षमा तास खेल्नमा नै ६५ कराेड खर्च गरेछन् भन्दा सुन्दा पनि अचम्म लाग्छ । तर, कुनै त्यस्ताे अचम्म मान्नु पर्ने छैन, भन्सार  विभागकाे तथ्यांकलाई हेर्ने हाे भने औपचारिक माध्यमबाट उक्त रकम बराबरकाे तास आयात भएकाे देखिन्छ । 

अनाैपचारिक रूपमा  विदेशबाट ल्याउने तासकाे पनि त्यसमा गणना गर्ने हाे भने त्याे भन्दा  कैयौं गुणा बढि रकमकाे तास आयातमा खर्च भएकाे देखिन्छ ।

काेराेना भाइरस संक्रमण हुने संकेत देखिएसँगै मुलुकभर गत चैत ११ पछि जारी गरिएकाे लकडाउन र निषेधाआज्ञाका कारण पनि घरमा बसेर तास खेल्ने काम बढी हुन पुग्याे । यसबीचमा तासकाे  बिक्री पनि  निश्चित रूपमा बढेकाे हुनु पर्छ । यसकाे तथ्यांक भन्सार  विभागबाट पछि आउने नै छ ।

तर, गएकाे करिव तीन वर्षकाे तथ्यांक हेर्ने हाे भने उक्त अवधिमा ६५ कराेड रूपैयाँ बराबरकाे रकम तास खेल्नमा नै नेपालले खर्च गरेछ । खाद्यान्न, लताकपडा, मनाेरन्जनका साधनमा नेपालले वार्षिक अर्बाै रूपैयाँ खर्च गर्ने गर्छ । तर, गरिव देशले तासमा मात्रै यतिधेरै खर्च गर्नुलाई सामान्य कुरा मान्न सकिदैन। 

पहिलेदेखि नै नेपालले नुनदेखि सुनसम्म आयात गर्दै आएकाे छ । त्यसमा तास पनि पर्ने गर्छ । दुई-चार जना भेट भयाे कि तास खेल्न जम्ने नेपालीहरू धेरै छन् ।

हुन त अन्य समयमा पनि तास नखेलिने होइन तर विशेष चाडपर्वमा सपरिवार खेलिन्छ तास । नजिकिदै गरेकाे दशैं र तिहारमा धेरै जना  मिलेर तास खेल्ने चलन पहिलेदेखि कै हाे । काेराेना भाइरसले आक्रान्त पारेकाे यसपालीकाे दशैं र तिहारमा भने तास खेल्न त्यती सहज देखिएकाे छैन । 

पछिल्लो तीन वर्षमा नेपालमा ६५ करोड भन्दा बढि रुपैयाँ तास आयातमा खर्च भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । २०७४ देखि २०७७ को साउनसम्ममा नेपालमा चार करोड ११ लाख ३७ हजार भन्दा धेरै तास भित्रिएको हो ।

२०७७ को साउन महिनामा मात्र नेपालमा आठ लाख ८२ हजार ३५१ प्याकेट तास आयात भएको छ । यसकाे अर्थ  उक्त साउन महिनामा मात्र एक करोड ९० लाख ५९ हजार बराबार रुपैयाँ तास आयातमा नेपालले खर्चिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा एक करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट तास भित्रिएको थियो । यस आधारमा आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख ४९३ हजार रुपैयाँको तास नेपालमा आयात भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा देशमा एक करोड ५७ लाख २५ हजार ५२१ प्याकेट तास आयात गरिएको थियो । सो वर्षमा २५ करोड ६ लाख ६२ हजार रुपैयाँ बराबरको तास नेपालले खरिद गरेको हो ।

पछिल्लो तीन वर्षमा सबैभन्दा बढी तास आयात भएको यसै वर्षमा थियो । 

आर्थिक वर्ष २०७४/७५ मा एक करोड २१ लाख ४४ हजार ७३८ तासका प्याकेट भित्रिएको भन्सार विभागको तथ्यांकमा छ । साे वर्षमा १४ करोड ५७ लाख २७ हजार रुपैयाँ बराबरको तास आयात भएकाे  पाईन्छ ।

हाल नेपालमा आयात हुने तास प्योकटहरु भारत, अमेरिका, चीन, बेलायत, मलेसिया र ताइवान लगायतका राष्ट्रबाट आयात हुने गर्दछ । यी बाहेक छिमेकी राष्ट्र भारतबाट गैर कानुनी रुपमा भित्रिएका तासको कुनै तथ्यांक नै छैन ।

देशभरमा तास खेल्न प्रतिबन्ध गरिएपनि भित्री रुपमा भने तास खेलिएको पाईन्छ । तासको बिक्रीमा पनि कुनै रोक लगाइएको देखिँदैन । साना खुद्रा पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म पनि तास बिक्री गरेको पाईन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।