युनाइटेड इदि मर्दिको आईपीओको नतिजा मेरो लगानीमा, यसरी हेर्नुहोस् नतिजा

Nov 29, 2020 06:47 PM Merolagani

युनाइटेड इदि मर्दिले सर्वसाधारणमा बाँडफाँड गरेको आईपीओ आइतबार बाँडफाँड भएको छ।

आईपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी रहेको ६ कित्ता शेयर २० देखि १० हजार कित्ता आवेदन गर्ने ६ जना आवेदकलाई गोलाप्रथाबाट १ कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँड गरिएको छ।

बाँकी ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ। आईपीओकाे  नतिजा मेराेलगानीमा हेर्न सकिने छ। 

आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ (IPO) शिर्षक भित्र रहेको आईपिओ रिजल्ट  ( IPO RESULT) मा जानुहोस् ।

त्यसपछि आईपीओको नतिजा हेर्नुपर्ने युनाइटेड इदी मर्दी छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।