अनलाइन कारोबारका कारण नयाँ कीर्तिमान, ८८.५५ प्रतिशत कारोबार अनलाइनबाटै

Nov 29, 2020 06:22 PM Merolagani

नेपाल स्टक एक्चेन्ज (नेप्से)ले दोस्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि नयाँ कीर्तिमान बनेको दाबी गरेको छ । आज मंसिर १४ गते आइतबार कारोबार रकम तथा बजार परिसूचकमा नयाँ कीर्तिमान कायम भएपछि नेप्सेले उक्त दाबी गरेको हो ।

यस दिन ८० हजार २ सय ७१ कारोबारमा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपैयाँ बराबरका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र शेयर बजार परिसूचक नेप्से नयाँ रेकर्ड कायम गर्दै १९६८.२७ विन्दुमा पुगेको छ ।

आज भएको कारोबार मध्ये ८८.५५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको नेप्सेले जनाएको छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ८९ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएको नेप्सेको तथ्यांक छ ।

आजको कारोबारमा ३५ हजार ३१७ लगानीकर्ता सहभागी भएका थिए ।

यस्तै नेप्सेले लगानीकर्ताले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने जनाएको छ । यस्ता आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्न सहयोग पुग्ने नेप्सेले जनाएको छ ।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।