मोबाइल सेटको अवैध (ग्रे) बजार अन्त्य गर्न आग्रह

Nov 29, 2020 06:39 PM Merolagani

मोबाइल फोन ईम्पोटर्स एशोसियसनले मोबाइल सेटको अवैध विक्रि बितरणको पूर्ण अन्त्य गर्न सहयोगका लागि सम्पूर्ण व्यवसायीहरुलाई आव्हान गरेको छ । 

अवैध विक्रि बितरणको कारण मोबाइल फोन व्यवसाय मात्र नभई राष्ट्रको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको छ तथा विभिन्न मुलुकबाट चोरी पैठारी गरी भित्राईएका मोबाइल फोनको अवैधानिक बजार नेपालमा तिब्र रुपमा बढिरहेकाले गर्दा सरकारको राजश्व वापत संकलन गरिने ठुलो धनराशी गुमिरहेको छ भने मोबाइल फोन व्यवसायको स्वस्थ्य र मर्यार्दित विकासमा अवरोध खडा भएको एशोसियसनले जनाएको छ । अवैध (ग्रे) मोबाइल सेटको आईएमइआर्ई नम्बर रजिस्टर नहुने भएकोले यसको प्रयोग अपराधिक क्रियाकलापमा पनि हुन सक्ने प्रवल सम्भावना छ ।

मोबाइल फोन ईम्पोटर्स एशोसियसन र नेपाल मोबाइल वितरक सघंले देशभरका मोबाइल सेट विक्रेताहरूलाई अवैध (ग्रे) कारोवार नगर्न गत श्रावण १ बाट नै अनुरोध गरेका थियो । तर सो सुचनाको अवज्ञा गर्ने गरेको पाइएकोले उक्त व्यवसायीहरुलाई नियम संगत कारवाहीको लागी सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

यसैगरी मोबाइल फोन आयातकर्ताहरुको छाता संगंठन मोबाइल फोन ईम्पोटर्स एशोसियसनले सरकारलाई चोरी पैठारी सम्बन्धी कानुनलाई कडाईका साथ लागु गर्न अनुरोधका साथै मोबाइल फोन विक्रेताहरुलाई पनि कानुनी दायरमा बसी स्वस्थ व्यवसाय गर्न आव्हान गरेको छ । मोबाइल फोन उपभोक्ताहरुलाई पनि फोन खरिद गर्दा सचेत भई एमपीआईए अंकित होलोग्राम स्टिकर भएको फोन मात्र खरिद गर्न र पसलको आधिकारिक विल लिनअनुरोध  गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।