अघिल्लो दिनको तुलनामा सोमबार संक्रमितको संख्या २१९ जनाले बढी हो । आइतबार २६९ जनामा संक्रमण पाइएको थियो ।
सोमबार काठमाडौं उपत्यकामा ३१४ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका २३० जना, ललितपुरका ६९ जना र भक्तपुरका १५ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५२७ जना कोरोना मुक्त भएका छन् भने हालसम्म कुल दुई लाख ५८ हजार ९६८ जनाले संक्रमण जितिसकेका छन् । देशमा हाल क्वारेन्टिनमा २३७ जना छन् भने संस्थागत आइसोलेसनमा तीन हजार १४३ जना रहेका छन् । मुलुकमा हालसम्म कुल १९ लाख ८७ हजार ५५५ पिसीआर परीक्षण भएको छ ।
मन्त्रालयको नियमित विवरणमा एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० जना रहेको छ । यसरी अहिलेसम्म कुल एक हजार ९२७ जना संक्रमितले देशभरमा ज्यान गुमाइसकेका छन् ।