कोरोना बीमा बापत् २ अर्ब ३७ करोड भुक्तानी,निर्जीवन बीमा र पुनर्बीमा कम्पनीकाे दायित्व सकियो

Jan 12, 2021 03:27 PM Merolagani

कोरोना बीमाकाे दाबी भुक्तानीमा निर्जीवन बीमा र पुनर्बीमा कम्पनीको दायित्व सकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार निर्जीवन बीमा र पुनर्बीमा कम्पनीले व्यहोर्नुपर्ने रकम भुक्तानी गरेपछि दायित्व सकिएको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार पुस २७ गते सोमबारसम्ममा कोरोना बीमा दाबी वापत २ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ भुक्तानी भएको छ । उक्त दाबी भुक्तानी रकम निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीबाट भुक्तानी भएको हो ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब निर्जीवन बीमा कम्पनीहरुले र दोस्रो एक अर्ब रुपैयाँको दाबी पुनर्बीमा कम्पनीले व्यहोर्नुपर्ने व्यवस्था छ । त्यस अनुसार निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीको दायित्वमा पर्ने दुइ चरणको दाबी भुक्तानी सकिएको हो ।

अब निर्जीवन बीमा कम्पनी र पुर्नबीमा कम्पनीलाई कोरोना बीमाको दाबी भुक्तानीमा कुनै दायित्व हुने छैन । तर निर्जीवन बीमा कम्पनीहरुले तेस्रो चरणमा ५० करोड रुपैयाँ महाविपत्ती कोषको रकमबाट व्यहोनुपर्ने व्यवस्था छ ।

उक्त चरणको रकम पनि ३७ करोड ७३ लाख रुपैयाँ भुक्तानी भइसकेको बीमक संघमा महासचिव चंकी क्षेत्रीले मेरो लगानीलाई बताए । अब निर्जीवन बीमाको महाविपत्ति कोषबाट व्यहोनुपर्ने रकम करिब १३ करोड रुपैयाँ मात्रै रहेको उनको भनाई छ । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानीबाट छुटकारा पाउनेछ ।

कोरोना बीमा मापदण्ड अनुसार ३ अर्ब ५० करोड रुपैयाँसम्म निर्जीवन बीमा कम्पनी, पुर्नबीमा कम्पनी र बीमा समितिले व्यहोर्ने व्यवस्था छ । त्यस व्यवस्था अनुसार पहिलो एक अर्बको जोखिम निर्जीवन बीमा कम्पनीले, दोस्रोमा एक अर्ब रुपैयाँको पुर्नबीमा कम्पनी र तेस्रोमा थप ५० कराेडको बीमा कम्पनीहरुमा रहेको महाविपत्ती कोषको रकमबाट व्योर्होने व्यवस्था छ ।

यस्तै चौथो चरणमा एक अर्ब रुपैयाँको दायित्व बीमा समितिले व्यर्होने छ । त्यस भन्दा बढी दाबी भुक्तानीको दायित्व परे सरकारले व्यर्होने छ ।

फेक क्लेम १७९ पुग्यो

कोरोना बीमाको दाबी भुक्तानीको लागि १७९ वटा फेक क्लेम परेको बीमा समितिले जनाएको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुस २८ गते मंगलबारसम्ममा त्यस्तो क्लेम परेको हो ।

बीमा समितिले निजी ल्यावमा परीक्षण गरेको दाबी भुक्तानीमा फेक क्लेम परेको आंशका गर्दै दाबीका फाइलहरु भेरिफिकेशन प्रकृया शुरु गरेकाे थियाे ।

बीमा समितिको तथ्याङ्क अनुसार पुस २८ गते मंगलबारसम्ममा २४ हजार ३८५ बाट दाबी वापत २ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यस अवधिमा आवश्यक कागजपत्र पुरा भएका ४८ हजार ६०७ वटा दाबी भुक्तानीका फाइलहरु प्राप्त भएका छन् । त्यसमध्ये ८ हजार ८९६ वटा आवेदन दाबी भुक्तानीको प्रकृयामा छन् ।

यस्तै भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ८ हजार २०४ वटा फाइलहरु पेन्डिङ्ग छन् भने १ हजार ७२ वटा दाबी भुक्तानीका फाइल महाशाखामा पठाउन तयार छ ।

दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि २ हजार ६६२ वटा फाइल बीमा कम्पनीहरुलाई नै फिर्ता पठाएको पनि समितिले जनाएको छ । हालसम्म १७९ वटा दाबीको भुक्तानी नभएको समितिको तथ्याङ्क छ । त्यसमा दोहोरो दाबी तथा फेक दाबी अाएपछि भुक्तानी नपाएका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।