देशभरमा भएको ५,३०० नमुना परीक्षणमध्ये ४३० जनामा कोभिड १९ पुष्टि

Jan 12, 2021 04:41 PM Merolagani

मंगलबार देशभरमा भएको पाँच हजार ३०० नमुना परीक्षणमध्ये ४३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। पुष्टि हुनेहरुमा १७७ जना महिला र २५३ जना पुरुषहरु रहेका छन् । उक्त संख्यासहित नेपालमा संक्रमितको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ ।

२४ घण्टामा पाँच जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने ३९० जनाले संक्रमण जितेका छन् । हालसम्म देशमा कुल एक हजार ९३२ जनाको संक्रमणका कारण ज्यान गएको छ । यस्तै संक्रमण जित्नेहरुको कुल संख्या दुई लाख ५९ हजार ३५८ रहेको छ ।

मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौंका २२१ जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जना गरी उपत्यकामा २५९ जना रहेका छन् ।

हाल मुलुकमा क्वारेन्टिनमा २३७ जना, संस्थागत आइसोलेसनमा दुई हजार २८० जना र सक्रिय संक्रमित चार हजार ४०८ जना रहेका छन् । त्यस्तै कुल १९ लाख ९२ हजार ८५५ पीसीआर परीक्षण भइसकेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।