पाँच महिनामा ४ खर्ब १६ अर्ब रेमिटयान्स भित्रियो, गत वर्षभन्दा १० प्रतिशतले धेरै

Jan 13, 2021 04:35 PM Merolagani

वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरुको सँख्या घटेपनि रेमिटयान्स आप्रवाह भने बढ्दो क्रममा देखिएको छ। केन्द्रिय बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म)मा ४ खर्ब १६ अर्ब ८१ करोड रेमिटयान्स नेपाल भित्रिएकाे छ। 

गत आर्थिक वर्षको यसै अवधिमा ०.२ प्रतिशतले घटेको रेमिटयान्स आप्रवाह चालु आर्थिक वर्षमा १०.९ प्रतिशतले बृद्धि भएको छ। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।