एशियाली शेयर रेकर्ड स्तर नजिक,निक्केई सूचक ३ दशकयताकै उच्च स्तरमा

Jan 14, 2021 01:27 PM Merolagani

बिहीबार एशियाली शेयरमा बढोत्तरी देखिएको छ । यसदिन जापानको निक्केई सूचक ३ दशकयताकै उच्च स्तरमा पुगेको छ भने अन्य एशियाली शेयर रेकर्ड स्तर नजिक पुगेका छ। 

लगानीकर्ताहरुको ध्यान अधिक अमेरिकी प्रोत्साहनको सम्भावना र विश्वव्यापी आर्थिक वृद्धितर्फ केन्द्रित हुदाँ एशियाली शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो ।

यसदिन जापानको निक्केई सूचक १.४ प्रतिशतले बढेर सन् १९९० पछिको उच्च स्तरमा पुगेको छ । तीन हप्ताको अवधिमा उक्त सूचकमा ८ प्रतिशतभन्दा बढीको बढोत्तरी देखिइसकेको छ ।

सोमबार रेकर्ड स्तरमा पुगेको जापान बाहिरको एशिया–प्यासिफिक शेयर भने बिहीबार स्थिर रहेको छ ।

यसदिन एसएण्डपी फ्यूचर्स ०.२ प्रतिशतले बढेको छ । एजेन्सी 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।