यस्ता छन् यो बर्ष सार्वजनिक हुन सक्ने मोटरसाइकल, कुन बाइक कस्तो ?

Jan 16, 2021 10:52 AM merolagani

अटो मोबाइल्स् कम्पनीहरूले बर्षेनी नयाँ नयाँ मोडल सार्वजनिक गरिरहेका हुन्छन । अटो कम्पनीहरूले गएको बर्षपनि विभिन्न मोडलका कार तथा बाइकहरू सार्वजनिक गरेका थिए । नयाँ बर्ष सन् २०२१ मा पनि विभिन्न ब्रान्ड सार्वजनिक गर्ने योजना अघि बढाइसकेका छन् ।

भारतीय बजारमा सार्वजनिक भएका कार मोटरसाइकल प्राय नेपाली बजारमा सार्वजनिक भएकै हुन्छन् । त्यसैले नेपाली बजारमा आउन सक्ने र भारतीय बजारमा सार्वजनिक हुने निश्चित भएका केही मोटरसाइकल ब्रान्डको चर्चा गर्ने छौं ।

टीभीएस जेपलिन

टीभीएसले पहिलो पटक २०१८ अटो एक्सपोमा जेपलिन कन्सेप्ट प्रस्तुत गरेको थियो । केही महिना अघि कम्पनीले जेपलिन आर नाम ट्रेडमार्क गराएको थियो । यो टीभीएसको पहिलो क्रुजर बाइक हुनेछ र २२० सीसी इन्जिन वा ३१० सीसी इन्जिन समावेश गर्नेछ ।

टीभीएस अपाचे आरटीआर ३१०

अपाचे आरआर ३१० को नेकेड भर्सनपनि सार्वजनिक हुने जनाइएको छ । जसलाई सम्भवतः अपाचे आरटीआर ३१० भनिनेछ । आरआर ३१० मा शक्तिशाली इन्जिनको साथमा ड्राइभ गर्दा शानदार परफर्मेन्स र ह्यान्डलिङ हुने बाइक हुनेछ । नेपालको परिवेशमा सुहाउँदो यो बाइक सबैको रोजाइमा पर्ने आँकलन गर्न सकिन्छ ।

बजाज पल्सर आरएस २५०

यो वर्षको शुरूवातमा बजाजले डोमिनार २५० भारतीय बजारमा सार्वजनकि गरेको थियो । अब बजाजले फुल्ली फेयर्ड २५० सीसी मोटरसाइकल आफ्नो रेन्जमा जोड्ने भएको छ । बाइक पल्सर आरएस २५० जस्तो हुने र आरएस २०० मा जस्तै स्टाइल हुनेछ । सो बाइकमा डोमिनार २५० को इन्जिन समावेश गरिने बजाजले जनाएको छ ।

रोयल इन्फिल्ड इन्टरसेप्टर ३५०

रोयल इन्फिल्डको सो अपकमिङ बाइक भारतीय सडकमा परीक्षणको क्रममा छ । यो बाइकको लुक हाल उपलब्ध इन्टरसेप्टर ६५० जस्तो देखिनेछ । ३५० सीसीको इन्जिन हुने उक्त मोटरसाइकल आगामी तीन महिना भित्र सार्वजनिक गर्ने तयारी छ । नेपालमा पनि रोयल इन्फिलड बाइकले ठूलो चार्चा कमाएको छ । भारतिय बजारमा भित्रिएको र सार्वजनिक भएका बाइक तथा कारण नेपाली बजारमा केहि महिनापछि सार्वजनिक हुने गरेका छन् ।

नेक्स्ट जेनेरेशन रोयल इन्फिल्ड क्लासिक ३५०

रोयल इन्फिल्डको लोकप्रिय मोडल क्लासिक ३५० नेक्स्ट जेनेरेशन मोडल सन् २०२१ मा सार्वजनिक गर्ने तयारी भएको छ । ट्रपर नेभिगेसन जस्ता फिचर हुनुको साथै मेटियर ३५० जस्तो इन्जिन रहने यो बाइकपनि सार्वजनिक गर्ने तयारी भएको हो ।

रोयल इन्फिल्ड ६५० सीसी क्रुजर

रोयल इन्फिल्डको अर्काे बाइक पनि परीक्षण भइरहेको भारतिय सञ्चार माध्यमले जनाएका छन् । यो बाइक इन्टरसेप्टर ६५० को जस्तै ६५० सीसीको इन्जिन समावेश गरिएको छ । सो बाइक क्रुजर डिजाइनको साथमा उपलब्ध हुने भएकाले लोकप्रियता कामाउने बताइएको छ ।

होन्डा हाइनेस सीबी ३५० क्याफे रेसर

होन्डाले हालै भारतीय बजारमा हाइनेस सीबी ३५० शोकेस गरेको छ । होन्डको यो बाइकको प्रतिस्पर्धा रोयल इन्फिल्ड ३५० सँग हुने जनाइएको छ । होन्डाको नयाँ फिचर र विशेषता सहित गत केहि महिना अगाडी सार्वजनिक भएको थियो । यो बाइक पनि नेपाली बजारमा सार्वजनिक हुने आकलन गरिएको छ । तथापी वितरक कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

होन्डा हाइनेस सीबी ४००

सीबी ३५० को क्याफे रेसर भर्सनको साथै होन्डाले हाइनेसको रेन्ज बढाउने योजना बनाइरहेको छ । रिपोर्ट अनुसार कम्पनी हाइनेस ४०० सीसी भेरिएन्टमा काम गरिरहेको छ । साथै सो बाइक २०२१ मा सार्वजनिक हुने संभावना रहेको छ ।

सुजुकी भिस्ट्रोम

त्यस्तै भारतिय बजारमा सार्वजनिक हुने तरखरमा रहेको बाइक हो सुजुकी भिस्ट्रोम । पावरफुल यो बाइक नयाँ लुक्सका साथ आउने भएको हो । ६ सय ४५ सीसीको यो बाइक नेपाली बजारमा पनि आउन सक्ने बताइएको छ ।

हिरो एक्सएफ ३ आर

२०१६ अटो एक्सपोमा हिरोले एक्सएफ ३ आर कन्सेप्ट शोकेस गरेको थियो । जसमा ३०० सीसीको इन्जिन समावेश थियो । हिरो कम्पनी पनि २५० – ५०० सीसी सेगमेन्टमा प्रवेश गरेको छ । त्यसैले कम्पनीको एक्सएफ ३ आरको प्रोडक्सन भर्सन चाँडै लन्च हुने संभावना रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।