सामाजिक सन्जालले प्रतिबन्ध गरेपछि राष्ट्रपति ट्रम्प नयाँ सोशल मिडिया प्लेटफर्म शुरु गर्ने 'मुड' मा

Jan 14, 2021 02:57 PM Merolagani

गत हप्ता अमेरिकी संसदमा राष्ट्रपति डानोल्ड ट्रम्पका समर्थकद्धारा गैरकानुनी रुपमा जबरजस्ती प्रवेशसँगै ट्वीटर, फेसबुक र इंस्टाग्रामजस्ता सोशल मिडिया प्लेटफर्मले राष्ट्रपति ट्रम्पको अकाउन्टमाथि सधैँका लागि प्रतिबन्ध लगाइदिएका छन् । 

यसका साथै उनका ७० हजार समर्थकहरुको अकाउन्ट पनि निलम्बित गरिदिएको छ ।

राष्ट्रपति ट्रम्पले बारम्बार बिना प्रमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनको ३ नोभेम्बरको चुुनावी जीतलाई चुनौती दिइरहेका छन् । गत बुधबारको ट्रम्पको एउटा भाषणपछि उनका समर्थक अमेरिकी संसदको भवनमा पसे । उक्त समय त्यहाँ संसद र भवनमा अधिवेशन जारी थियो, जसमा बाइडनको जीतको पुष्टि हुने थियो, जुन एक औपचारिक पनि थियो । 

राष्ट्रपति ट्रम्पका विरुद्ध लागेको प्रतिबन्धमाथि कानुनी विशेषज्ञहरु के यो कदम गैरकानुनी हो भन्ने विषयको बहसमा जुटेका छन् । ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले ट्वीटरमा लागेको प्रतिबन्धपछि भने, फ्री स्पीच अब अमेरिकामा उपलब्ध छैन ।

तर अर्कातर्फ उनका समर्थकहरु उनको आफ्नो एउटा छुट्टै सोशल मिडिया प्लेटफर्म होस्, जसमा उनी स्वतन्त्र रुपमा आफ्नो विचार शेयर गर्न सकुन भन्ने कुरालाई लिएर भने उत्साहित रहेका छन् । स्वयम् राष्ट्रपतिले नै एउटा नयाँ सोशल मिडिया प्लेटफर्म सुरु गर्ने विचार राखेको बताएका छन् ।

तर एउटा नयाँ सोशल मिडिया प्लेटफर्म बनाउन कति सहज छ? वा के ट्वीटर, फेसबुक र इंस्टाग्राम जस्ता प्लेटफर्मको कुनै विकल्प छ? जसको पहुँच यिनै प्लेटफर्म जस्तो होस् र त्यो विश्वभरमा यिनीहरु जस्तै लोकप्रिय होस्?

नयाँ प्लेटफर्म बनाउन कति सहज?
यो प्रश्न हरेक ती व्यक्तिहरुको दिमागमा हुनेछ, जो आफ्नो विचार प्रचारका लागि यस्ता निःशुल्क सोशल मिडिया प्लेटफर्मको दैनिक प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई आफ्नो विचारका कारण आफूमाथि प्रतिबन्ध लाग्ला कि भन्ने डर रहेको हुन्छ। एजेन्सीको सहयोगमा 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।