आजदेखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

Jan 14, 2021 03:36 PM Merolagani

माघ १ गते (आज) देखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ।

तर, महिनामा दुई पटक एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा भने शुल्क लाग्ने छैन् । महिनामा दुई पटक भन्दा बढीको कारोबारमा भने शुल्क लाग्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्। केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो।

एउटा बैंकले जारी गरेको एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक न्यूनतम २ वटा कारोबारसम्म बैंकहरूले निशुल्क गर्न सकिने व्यवस्था मिलाउनुपर्ने छ भने २ वटा भन्दा बढी कारोबारको हकमा भने बैंक तथा वित्तीय संस्थाले बढीमा प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन्।

यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा शुल्क लिन पाउनु पर्ने माग गर्दै आएका थिए भने शुल्क नपाएपछि खर्च घटाउन उनीहरुले शाखा कार्यलय भन्दा बाहिर रहेका एटिएम बुथहरु हटाउन थालेका थिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।