सर्वसाधारणले आईपिओ भन्दै झुक्किएर खरिद गर्न थाले ऋणपत्र, भन्छन्, अब के गर्ने हाेला ?

Jan 15, 2021 12:36 PM Merolagani

सुधा देवकाेटा

पछिल्लाे समय शेयर बजार निरन्तर उकालाे लागेपछि सबैकाे ध्यान त्यतैतिर केन्द्रीत भएकाे छ । ११ सय अंक नजिक रहेकाे नेप्से २३ सय नजिक पुगेपछि बजारबाट मनग्य आम्दानी हुने साेचाइ धेरैले बनाएर बजार प्रवेश गर्न थालेका छन् । 

बसी बसी मनग्य आम्दानी हुने देखेपछि शेयर बजारमा सबैकाे ध्यान गएकाे छ ।कतिपयले बुझेर र कतिपयले नबुझि दाेस्राे बजारमा मात्र हाेइन्, प्राथमिक शेयर (आईपिओ) भर्नेकाे ताँती लाग्ने गरेकाे छ ।

कतिपय सर्वसाधारण त आईपिओ र ऋणपत्र के हाे र त्यसकाे फरक  पनि छुट्टाउन सक्ने अवस्थामा समेत छैनन् । त्यही फरक छुट्टाउन नसकेका कारण आईपिओ भर्नु पर्नेले ऋण ऋणपत्र खरिद गर्न पुगेका छन् ।

पछिल्लो समय कम्पनीहरुले निष्काशन गर्ने आईपिओ प्रति आकर्षण बढेसँगै लगानीकर्ताहरु झुक्किन थालेका छन् । कतिपय लगानीकर्ताहरुले कम्पनीले निष्काशन गरेको शेयर भनेर झुक्किएर ऋणपत्र खरिद गर्ने गरेका छन् । लगानीकर्ताहरु यसरी आफूले झुक्किएर किनेको ऋणपत्र दोस्रो बजारमा कसरी बिक्री गर्ने भन्ने बारेमा अन्योलमा परेका छन् । 

रामेछापकी सञ्जना मगर कम्पनीले जारी गरेको आईपिओ भनेर आवेदन गर्दा १० वर्ष अवधिको ऋणपत्र खरिद गर्न पुगेकी छिन् । उनले ऋणपत्रलाई पनि कम्पनीको प्राथमिक शेयर जस्तै गरी आवेदन गर्न सकिने भन्दै खरिद गरेको तर फरक भएकाले झुक्किएको बताईन् ।

कम्पनीको आईपिओमा भन्दै आफूले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ हजार रुपैयाँको ५० कित्ता शेयर भनि आवेदन गरेको तर झुक्किएर ऋणपत्रमा आवेदन हुँदा बैंक खाताबाट ५० हजार रुपैयाँ काटिएको सुनाइन् । यसरी आफ्नो लगानीको योजना भन्दा बढी रकम खाताबाट काटिदा आफूलाई अहिले घर खर्च समेत चलाउन मुस्किल परेको र ऋणपत्र बेच्ने बारे पनि आफूलाई जानकारी नभएकाले अन्योलमा परेको गुनासो गरिन् ।

यसरी नै झुक्किने नवलपरासीका विजय पाठक अर्का लगानीकर्ता हुन् । उनले पनि आईपिओ सोचेर नै ऋणपत्र खरिद गर्न पुगेको बताए । उक्त ऋणपत्रमा पाठकले एक लाख रुपैयाँको ऋणपत्र खरिद गरेको जानकारी गराए । एकैपटक एक लाख रुपैयाँको ऋणपत्र खरिद भएपछि पाठकलाई अहिले उक्त ऋणपत्र कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

प्राथमिक बजार माफर्त शेयर बजार भित्रिनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय आईपिओमा लगानी गरेर राम्रो आम्दानी हुन थाले पछि बजार भित्रिनेहरु बढ्न थालेका हुन् । जसलाई पछिल्लो समय शेयर जारी गरेका कम्पनीहरुको शेयर माग अनुपातले पुष्टि गरेको छ । तर यसरी दैनिक प्राथमिक बजारमा लगानीकर्ताको अकर्षण बढेसँगै लगानीकर्ताहरु कम्पनीले निष्काशन गरेको शेयर भन्दै ऋणपत्र खरिद गर्न तर्फ झुक्किदा यस्ता लगानीकर्ताको संख्यामा समेत वृद्धि भएको हो ।

तर बजारमा भित्रने नयाँ लगानीकर्ताले कम्पनीले निष्काशन गरेको आईपिओ र ऋणपत्रमा फरक पहिचान गर्न नसक्दा यस्तो समस्या देखिएको छ ।

यस अवधिमा शेयर बजारले दैनिक नयाँ उचाई कायम गर्न र शेयरमा लगानी गरिएको थारै रकमले पनि राम्रो बजार मूल्य पाउन थालेपछि शेयर बजारमा लगानीकर्ताहरुको आकषर्ण बढ्दो क्रममा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र निष्काशन गर्ने गरेको भएपनि विगतका वर्षहरुमा जस्तो ऋणपत्रमा उच्च ब्याज दिन र जारी गर्न सक्ने अवस्था भने देखिदैन ।

अब के गर्न सकिन्छ ? ऋणपत्र कसरी खरिद बिक्री हुन्छ ?

शेयरजस्तै ऋणपत्र पनि नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ ।
ऋणपत्र भनेको के हो ? फाइदा
कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखितपत्र नै ऋणपत्र हो ।
शेयर बजारमा हुने जोखिम मोल्न नखोज्ने लगानीकर्ताको लागि ऋणपत्रमा लगानी गर्नु उचित हुने सरोकारवालाहरु बताउछन् ।

कतिपय ऋणपत्र शेयरका रुपमा परिणत हुने खालका समेत हुन्छन् । तर, हालसम्म नेप्सेमा सूचीकृत भएका ऋणपत्रको नियमित रुपमा कारोबार नभएकाले ती ऋणपत्रको मूल्य स्थिर रहने गरेको छ । बार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि यो ऋणपत्र लगानीको उत्तम विकल्प हुने सरोकारवालहरुको भनाई छ ।

ऋणपत्र कसरी गर्न सकिन्छ कारोबार ?
साधारणतया कुनै पनि कम्पनीको शेयर प्रतिकित्ता एकसय रुपैयाँमा न्यूनतम १० कित्ता शेयर खरिद गर्न सकिन्छ । तर प्रथामिक बजारमा शेयर भन्दा ऋणपत्र महँगो पर्दछ । ऋणपत्र एक हजार रुपैयाँको दरमा न्यूनतम २५ कित्ता खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।

ऋणपत्र सीमित अवधिसम्मको लागि मात्र परिचालन गरिएको हुन्छ । ऋणपत्रको प्रमुख विषेशता नै लगानीकर्तालाई तोकिए बमोजिम ब्याज भुक्तानी गर्नु हुन्छ ।

शेयर बजारमा हुने जोखिम लिन नचाहने लगानीकर्ताले ऋणपत्रमा लगानी गरि वार्षिक रुपमा तोकिएको दरमा ब्याज प्राप्त गरेका हुन्छन् । तर शेयर बजारमा भने ऋणपत्रको तुलनामा उच्च जोखिमसँगै उच्च प्रतिफल हुने सम्भावना हुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।