सातामा ९२ अंक बढ्यो नेप्से

Jan 16, 2021 11:32 AM Merolagani

यस साता नेप्से परिसूचक ९२.०६ अंक अर्थात ४.२० प्रतिशत बढेको छ। साताका ५ कारोबार दिनमध्ये ४ दिन मात्र कारोबार भएको बजारमा नेप्से सो अंकले बढेको हो।

यस साता कारोबार भएका चारै दिन नेप्सेले एक पछि अर्को नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। गत साताको बुधबारदेखि नयाँ रेकर्ड कायम गर्न थालेको नेप्सेले साताभरी नै त्यसलाई निरन्तरता दिएको हो।

साताको अन्तिम कारोबार दिन नेप्से २२८६.५४ विन्दुको एतिहासिक उचाइमा पुगेको हो। त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स १४.०३ अंक बढेर ४३५.२५ विन्दुमा पुगेको हो। यस साता कुल २ लाख १ हजार पटकको कारोबारमा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको ५ करोड ५४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा ४ अर्ब ४२ करोड रुपैयाँ अर्थात १६.२८ प्रतिशत कम हो। गत साता ५ दिन कारोबार भएकोमा यस साता ४ दिन मात्र कारोबार भएकोले कारोबार रकम कम देखिएको हो।

साताको अन्तिम कारोबार दिन नेप्सेको कुल बजार पूँजीकरण ३० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। जुन गत साताको तुलनामा ४.२० प्रतिशत बढी हो।

यस साता कारोबारमा आएका सबै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ११.०९ प्रतिशत बढेको छ। गत साता ८९४.५७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ९९.२४ अंक बढेर ९९३.८१ विन्दुमा बन्द भएको हो।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक बढेको छ। गत साताको अन्तिम कारोबार दिन १३ हजार ९६३.११ विन्दुमा बन्द भएको यस उपसमूहको सूचक यस साता ६८९.९० अंक बढेर १४ हजार ६५३.०१ विन्दुमा बन्द भएको छ।

सबैभन्दा कम वृद्धिदर भने अन्य उपसमूहको (०.४० प्रतिशत) रहेको छ।

यस साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा नेशनल माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, राष्ट्रिय बीमा कम्पनी लगायतका परेका छन्।

त्यसैगरी, मोस्ट पपुलर सेल स्टकको सूचीमा राधी विद्युत कम्पनी, बोटलर्स नेपाल (तराई), आरम्भ चौतारी लघुवित्त लगायतका कम्पनीहरु परेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।