व्यवस्थापन परिवर्तनले बौरिएका २ ब्रोकर कम्पनी,स्टकमा सूचिकृत गराएर पब्लिकलाई मालिक बनाउने सपनामा

May 07, 2021 09:01 AM ?

सुवास निरौला

२०७३ कार्तिक १४ गते दोस्रो बजारमा कुल एक अर्ब सात करोड कारोबार भयो। उक्त दिन ५० ब्रोकर कम्पनी मध्ये ४ नम्बर ब्रोकर कम्पनीले सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको सूचिमा ४३ औ स्थान प्राप्त गर्‍यो। उसले ३४ लाख ५७ हजार रुपैयाँको कारोबार गर्दै सो स्थान हासिल गरेको थियो।

अर्को वर्ष सोही दिन उसले पाँच स्थान गुमाउँदै ४८ स्थान कायम गर्‍यो। उक्त दिन उसले ५१ लाखको कारोबार गरेको थियो। कारोबार रकम थोरै बढेको भएपनि उसले अन्य ब्रोकर कम्पनीको तुलनामा प्रतिस्पर्धा गर्न सकेन। २०७५ कार्तिक १८ गते भने उसको स्थान एका एक सुधारियो। उसको स्थान सुधारिएन मात्रै उसले १० टेन ब्रोकर कम्पनीमा स्थान बनायो। उसले उक्त दिन सातौँ स्थान हासिल गर्दै तीन करोड ६० लाख रुपैयाँको कारोबार गर्‍यो।

उसले २०७५ मा एकाएक कारोबार रकममा फड्को मार्नुको प्रमुख कारण थियो कम्पनीको व्यवस्थापनमा परिवर्तन। २०७५ अघि उक्त ब्रोकर कम्पनी नवराज पोखरेलले चलाउँदै आएका थिए। उनले घरायसी कारोबार झैँ ब्रोकर कम्पनी चलाउँदै आएका थिए। उनले ब्रोकर कम्पनी आफ्नै घरको एक कोठामा राखेका थिए। पाेखरेलले चिन जानका मानिसको कारोबार भए गरिदिने अन्यथा सेवा बिस्तारमा खासै जोड दिएका थिएनन । २० लाख रुपैयाँ चुक्ता पूँजी भए पुग्ने भएका कारण पनि उनले ब्रोकर कम्पनीलाई घरायसी जस्तै गरी चलाएका थिए।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीको चुक्ता पूँजी दुई करोड रुपैयाँ हुनु पर्ने प्राबधान ल्याएसँगै त्यसरी कारोबार गर्न नसकिने स्थितिमा कम्पनी पुग्यो। जसको लागि पनि पूँजी बढाउनु पर्ने लगायत क्लाइन्ट बेसमा जानै पर्ने बाध्यता कम्पनीलाई पर्‍यो। पूँजी जुटाउन र क्लाइन्ट बेसमा जानकोलागि पनि कम्पनीले शेयर धनी थप्दै व्यवस्थापन परिवर्तन गर्नु पर्‍यो। पोखरेलको सत प्रतिशत शेयरबाट उनले २० प्रतिशत मात्रै राखेर ८० प्रतिशत शेयर अरूलाई बिक्री गरे। कम्पनीमा सुमन गौतम, राजेन्द्र शर्मा र सञ्जय मोर बराबरी जस्तो शेयर लिएर कम्पनीमा प्रवेश गरे। पहिले देखिनै विशाल ग्रुपको पोर्टफोलियो व्यवस्थापन गर्दै आएका सुमन गौतमले व्यवस्थापन आफ्नो हातमा लिए सँगै कम्पनीले काँचुली फेर्न सुरु गर्‍यो। जति बेला गौतम प्रवेश गरेका थिए त्यो भन्दा अघिको वर्ष सम्म कम्पनी नोक्सानमा थियो। उनी प्रवेश गरे सँगै कम्पनीले पहिलो वर्ष नै डेढ अर्ब को कारोबार गर्‍यो। दोस्रो वर्ष कारोबार बढेर १० अर्ब पुग्यो भने चालु वर्ष ४० अर्ब रुपैयाँको कारोबार हुने अनुमान छ।"जति बेला म कम्पनीमा प्रवेश गरेको थियो त्यो वर्ष कम्पनी नोक्सानमा थियो। तर हामीले व्यवस्थापन लिए सँगै लगातार कारोबार बढ्दै गएको छ" सुमन गौतमले मेरो लगानी सँग भने।

गौतमले घरमा भएको कार्यालयलाई काठमाण्डौको उत्तर ढोका सारे। सुरुवात देखिनै क्लाइन्ट बेसमा फोकस गरेका गौतमले सुबिधा सबै थप्दै लगे। जसका कारण कम्पनी १० टेन भित्र पर्न सफल भयो।

गौतमले मात्रै होइन व्यवस्थापन नयाँ हातमा गएपछि बौरिएको अर्को ब्रोकर कम्पनी हो भिजन सेक्युरुटिज। जसमा पहिले तीन जना संचालक थिए ।पछि राजकुमार तिम्सिना प्रवेश गरे। पुतली सडक स्थित रहेको ब्रोकर नम्बर ३४ तिम्सिनाको प्रवेश पछि  एका एक बौरियो।

कम्पनीको चुक्ता पूँजी ६० लाख रुपैयाँ थियो। गतिलो व्यवस्थापन नभएकै कारण कम्पनी कारोबार रकमको आधारमा ५० ब्रोकर कम्पनीहरुको तुलनामा ४० भन्दा माथिल्लो स्थानमा उक्लन सकिरहेको थिएन।

२०७३ मा तिम्सिना र कुशल न्यौपान प्रवेश गरे। कम्पनीमा हाल ९० प्रतिशत शेयर तिम्सिनाको छ भने १० प्रतिशत मात्रै न्यौपानेको छ। यति बेला चुक्ता पूँजी बढेर पाँच करोड भन्दा माथि उक्ली सकेको छ। तिम्सिना र न्यौपानेको प्रवेश पछि कम्पनीले पहिलो ६ महिनामा नै धेरै जसो ब्रोकर कम्पनीको कारोबारलाई उछिन्यो। कम्पनीले प्रारम्भिक छ महिनामै कारोबार रकमका हिसाबले तेस्रो नम्बर प्राप्त गर्‍यो। आर्थिक वर्ष २०७३/७४ मा तेस्रो स्थानमा रहेको कम्पनीले आर्थिक वर्ष ७४/७५ सबै कम्पनीलाई उछिनेर पहिलो स्थान हासिल गर्‍यो भने गत वर्ष दोस्रो स्थानमा रहेको थियाे ।व्यवस्थापन बदलिएसँगै अनामनगर सरेको कार्यालयले यति बेला ब्रोकर कम्पनीहरूको रेसमा प्रथम तीन स्थानमा रहेर कारोबार गरिरहेको छ।"मैले लगानीकर्तालाई कस्तो सुबिधा चाहिन्छ भनेर पहिल्यै अध्ययन गरेको थिए जसको कारणले पनि पहिलो वर्ष नै सफलता हासिल गर्न सहज भयो" तिम्सिनाले भने।तिम्सिना नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष पनि हुन्। 

कुनै पनि व्यवसायमा पुराना कम्पनी बिच आउने नयाँ कम्पनीले निक्कै ठुलो प्रतिस्पर्धा गर्नु पर्छ। पहिल्यै रहेका ग्राहक तान्न र नयाँ ग्रह बनाउन ठुलै माथापच्ची गर्नु पर्ने हुन्छ। तर यी दुवै कम्पनीले लिएकाे रणनीतिले उनीहरूकाे काराेवारमा अव्वल परिणाम दिन सफल भए ।  "कम्पनीले गर्ने कारोबार र व्यक्तिगत कारोबारमा निक्कै ठुलो भिन्नता हुन्छ। जब सम्म कर्पोरेट कल्चरमा कम्पनी लगिँदैन तब सम्म कम्पनी अघि बढ्न सक्तैन। कर्पोरेट कल्चरमा काम गर्दा सिस्टमले काम गर्छ। त्यहाँ व्यक्तिको महत्त्व त हुन्छ नै बढी सिस्टमले काम गर्छ। सबैभन्दा पहिले कम्पनीमा सिस्टम र त्यसपछि सिस्टम भित्र रहेर अनुशासनमा काम गर्ने कर्मचारी । यी दुईको तारतम्य बाट नै कम्पनी अघि बढ्छन्। यही कुरा कम्पनीमा अवलम्बन गरियो" गौतमले भने।

कम्पनी माथि पुर्‍याएर मात्रै सन्तुष्ट छैनन् तिम्सिना। उनी कम्पनीलाई प्राथमिक बजारमा लगेर सूचिकृत गराए मात्रै आफ्नो सपना पुरा हुने बताउँछन। "मैले व्यवस्थापन हातमा लिँदै गर्दा कम्पनीलाई एक नम्बर बनाउछु भन्ने नै थियो। तर कम्पनीलाई दोस्रो बजारमा सूचिकृत र्ने सपना अझै पुरा भएको छैन। त्यसैले जब सम्म दोस्रो बजारमा कम्पनी सूचिकृत हुँदैन तब सम्म मेरो सपना पुरा हुँदैन" तिम्सिनाले भने।

उनले देखेको सपना पुरा हुन कठिन छ। किनकि दोस्रो बजारमा ब्रोकर कम्पनी सूचिकृत हुने अभ्यास नेपालमा छैन। तर उनी उक्त अभ्यास गर्न दिनु पर्ने भन्दै लबिङ गर्दै छन्।आश्वासन भने पाएका छन् तर कार्यन्वनको लागि भने कुनै पहल भएको छैन। कम्पनीकाे आइपिओ निस्केपछि अरूलाई नै  कम्पनी जिम्मा लगाएर निस्कने साेचमा तिम्सिनाले छन।  अहिले उनी ब्राेकरकाे शाखा बिस्तारमा लागेका छन् । मुख्य कार्यालय सहित पाँच शाखा बिस्तार गर्ने अनुमति पाएको कम्पनीले थप तीन ठाउँमा शाखा खोल्न हालै निवेदन दिएको छ। उनी शाखा सन्जाल देशका बिभिन्न ठाँउमा पुर्याउने अभियानमा छन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।