कसरी हुनेछ गेट्स दम्पत्तिको सम्पत्तिको भागबण्डा, के हुनेछ विवाद ?

May 06, 2021 05:21 PM Merolagani

अर्बपति दम्पत्ति बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्ध विच्छेदमा सम्पत्तिको भागबण्डालाई लिएर कुनै विवाद हुने सम्भावना छैन । यसको ठुलो कारण दुबै जनासँग सार्वजनिक गर्नका लागि भारी मात्रामा सम्पत्ति रहेको छ । अर्को कारण सार्वजनिक रुपमा उनीहरुले पहिले नै आफ्नो सम्पत्तिको ठुलो अंश परोपकारी कार्यकालागि दिने घोषणा गरेका छन् ।

तर उनीहरुको सम्बन्ध विच्छेद विवादमा नरहनुको कारण दुईबिच कुनै डिभोर्सको सम्झौता भएको हुनसक्ने आंकलन गरिएको छ ।

मेलिन्डा गेट्सले यस साता वाशिंगटनमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेकी छिन् । विज्ञहरुका अनुसार यस सम्बन्ध विच्छेदलाई सौहार्दपूर्ण तरिकाले समाधान गर्नका लागि यदि कुनै सम्झौता भएको छ भने यस विषयमा अघि बढ्न वा यसको कार्यान्वयनमा तबसम्म कुनै समस्या हुनेछैन जबसम्म कुनै असहमति वा आपत्ति जनाइनेछैन ।

यसैगरी यस किसिमको सम्झौता अदालतमा बाध्यकारी छैन । विशेषगरी अदालतले कुनै एक पक्षलाई बेवास्ता गरिरहेको महसुस नगरेसम्म यो बाध्यकारी छैन । अर्थात् त्यस परिस्थितीमा कुनै कारणबस अदालतले एक पक्षमाथि अन्याय भएको नमानेसम्म यो स्विकार्य हुनेछैन । यस्तै विज्ञहरुको यो भनाई छ कि यस्तो सम्झौता धेरै आम्दानी भएका दम्पत्तिको सम्बन्ध विच्छेदमा कम हुने गर्दछ जहाँ सम्पत्तिको अंशबण्डा धेरै जटिल हुन सक्छ ।

सीएनएनको एक रिपोर्टमा सेलिब्रेटी डिभोर्स लयर विलियम ब्रेस्लोले बताए अनुसार बिल र मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद १०० प्रतिशत सौहार्दपूर्ण रहेको छ । उनले हरेक तरिकाबाट सम्बन्ध विच्छेद पछि पनि वैवाहिक जीवनजस्तै सभ्य तरिकाले उनीहरु रहने बताएका छन् । ब्लूमबर्ग बिलेनयर इन्डेक्सका अनुसार, मे ४ मा बिल गेट्सको नेट सम्पत्ति १४५ बिलियन डलरको थियो । यस्तो अवस्थामा पैसाकालागि विवाद हुने सम्भावना नहुने पक्का जस्तै छ ।

अर्बपति समाजसेवी बिल र मेलिन्डा गेट्सले मंगलबार सम्बन्ध विच्छेदको घोषणा गर्दै आफ्नो २७ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गर्ने निर्णय गरेका थिए । उनीहरुले दम्पत्तिका रुपमा एकसाथ रहन नसक्ने तर आफ्नो संस्थामा साथसाथै काम गरिरहने बताएका थिए । ट्विटरमा एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले धेरै सोंच विचार र आफ्नो सम्बन्धमाथि धेरै कोशिष गरेपछि विवाहको अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

माइक्रोसफ्टका सह संस्थापक बिल ६५ वर्षका र मेलिन्डा ५६ वर्षकी रहेकी छिन् । यिनीहरुको तीन सन्तान रहेका छन् । संस्थाले एक विज्ञप्तीमा यी दुबै सह अध्यक्ष बनिरहने र दुईको सम्बन्ध विच्छेदले संस्थामा कुनै परिवर्तनको सम्भावना नरहेको उल्लेख गरेको छ ।

( एजेन्सीकाे सहयाेगमा । )

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।