भारतमा कोरोना संक्रमितको संख्यामा प्रतिदिन नयाँ रेकर्ड

May 07, 2021 10:16 AM Merolagani

भारतमा कोरोना संक्रमितको संख्याले प्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा चार लाख १४ हजार संक्रमित थपिएका छन् । तथ्यांकका अनुसार यो हालसम्म थपिएको संख्याका आधारमा सबैभन्दा धेरै हो ।

यसैगरी यस अवधिमा तीन हजार ९२० कोरोना संक्रमितले ज्यान गुमाएका छन् । गएको सात दिनमा यो तेश्रो पटक हो जब चार लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । यसभन्दा अघि अप्रिल ३०मा चार लाख दुई हजार र मे ५ मा चार लाख १२ हजारमा कोरोना पोजिटिभ पाइएको थियो ।

 

भारतमा सक्रिय संक्रमितको संख्या पनि बढोत्तरी भएर एक दिनमा ८१ हजार ६६३ पुगेको छ । हाल सो देशमा ३६ लाख ४४ हजार जनामा कोरोना संक्रमितको उपचार भइरहेको छ । बितेको सात दिनमा तीन लाख ८० हजार संक्रमितको वृद्धि हुँदैछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।