नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले मध्ये शिखर, प्रिमियर, प्रभु, नेपाल इन्स्योरेन्स,एभरेष्ट, प्रुडेन्सियल, आइएमई जनरल, हिमालयन जनरल, नेको, सगरमाथा, एनएलजी, सिद्दार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् ।
त्यस अनुसार हालसम्म युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, अजोड इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्स कम्पनीको लाभांश अझै आउन बाँकी छ ।
हालसम्म लाभांश प्रस्ताव गरेको कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी सो बराबरको लाभांश प्रस्ताव गरेको छ ।
शिखर इन्स्योरेन्सको उक्त बोनस शेयर जेठ ११ गते नेप्सेका सूचीकृत भैसकेको छ ।
यस्तै, नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरी १५.३२ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सले पनि १२ प्रतिशत बोनस र ३.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश प्रस्ता गरेको छ ।
यस्तै सगरमाथा, प्रिमियर, प्रभु, एनएलजी, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्सले पनि १० प्रतिशत भन्दा बढी लाभांश प्रस्ताब गरेको छ ।
सबै भन्दा कम हिमालयन जनरल इन्स्योरेन्सले ३ प्रतिशत बोनस ३.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका अधिकाँस कम्पनीले बुक क्लोज समेत गरिसकेका छन् । त्यस मध्ये शिखर इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचीकृत समेत भैसकेको छ ।
लाभांश प्रस्ताव गरेका नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले भने बुक क्लोज मिति तोकेको छैन् । त्यस अनुसार बुक क्लोज मिति अघिल्लो कारोबार दिन सम्म कायम शेयरधनीले यी तीन कम्पनी लाभांश प्राप्त गर्न सक्नेछन् ।