११ महिनामा लक्ष्यको ८० प्रतिशत राजस्व उठ्यो, खर्च भने ६२ प्रतिशत मात्रै, संशोधित लक्ष्य भेटाउन मुस्किल

Jun 15, 2021 12:54 PM Merolagani

चालु आर्थिक वर्षको ११ महिनामा सरकारले लक्ष्यको ८० प्रतिशत राजस्व संकलन गर्दा खर्च भने ६२ प्रतिशतमा सिमित भएको छ। यस वर्ष सरकारको राजस्व संकलन राम्रो देखिएको छ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भए पनि सरकारको राजस्व संकलनमा भने खासै असर नपरेको देखिन्छ। जेठ महिनामा मात्रै सरकारले कुल लक्ष्यको ५ प्रतिशत राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको जेठ ३१ गतेसम्ममा सरकारले कुल बजेटको ८०.२९ प्रतिशत राजस्व संकलन गरेको छ। यस अवधिमा सरकारको लक्ष्यको ८३.०७ प्रतिशत कर उठेको छ। यस अवधिमा सरकारले कुल ८ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठाएको छ।

गत वर्षको यसै अवधिमा सरकारले ५८ प्रतिशत मात्रै राजस्व उठाउन सफल भएको थियो। तर यस वर्ष भने सरकारको राजस्व संकलनमा सुधार आएको छ।

यस अवधिमा सरकारको खर्च भने निकै कम छ। हालसम्म ६२ प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको सरकारले जेठ महिनामा पनि करिब ७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। जेठ ३१ गते सम्ममा सरकारले कुल ९ खर्ब १६ अर्ब रुपैयाँ बजेट खर्च गरेको कार्यलयले जनाएको छ।

चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा बजेटको अर्धवार्षिक समीक्षामा नै कुल बजेटको ९१ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान सरकारले प्रस्तुत गरिसकेको छ। यो भनेको कुल १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ हो। अहिलेसम्मको खर्च हेदा संशोधित अनुमान भेटाउन समेत मुस्किल पर्ने देखिन्छ।

अर्ध वार्षिक समीक्षामा कुल खर्चमा चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड –विनियोजित बजेटको ९६.४० प्रतिशत, पूँजीगत तर्फ २ खर्ब ८३ अर्ब ४ करोड–विनियोजित बजेटको ८०.२० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४६ अर्ब ४ करोड रुपैयाँ – कुल विनियोजित बजेटको ८५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

जेठ अन्तिमसम्ममा सरकारले ७ खर्ब ६१ करोड चालु खर्च, १ खर्ब ४३ अर्ब ८ करोड पूँजीगत र ७३ अर्ब १५ करोड रुपैयाँ वित्तीय खर्च गरेको छ। गत आर्थिक वर्षको तुलनामा भन्दा यस वर्ष बजेट खर्च केहि बढेको देखिन्छ।

यस अवधिमा पूँजीगत खर्च भने सबैभन्दा कम छ। जेठसम्ममा यस्तो खर्च लक्ष्यको ४० प्रतिशत मात्रै छ। त्यस्तै वित्तीय खर्च पनि ४२ प्रतिशत छ भने चालु खर्च ७३ प्रतिशत रहेको छ।

बैशाख लागेदेखि नै सरकारको खर्च केहि बढ्न थालेको देखिन्छ। हरेक आर्थिक वर्षको अन्तिममा सरकारको खर्च ह्वातै बढ्ने गरेको छ। यस वर्ष पनि त्यसको संकेत देखिन थालिसकिएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।