बाेर्डले सार्वजनिक गर्याे शेयर बजारमा जोखिमपूर्ण कम्पनीको सूची

Jun 15, 2021 04:40 PM Merolagani

नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको छ। बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरु सार्वजनिक गरेको हो ।

विगत एक वर्षको अन्तरालमा सूचिकृत संगठित संस्थाहरुको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढी प्रतिशतले मूल्य वृद्धि भएका,मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्य भएका, प्रति शेयर अंकित मूल्य भन्दा प्रति शेयर नेटवर्थ कम भएका बर्तमान वित्तीय क्षमताको मूल्यँकन समेतका आधारमा कम्पनीहरु जोखिमपूर्ण रहेको बोर्डको ठहर रहेको छ ।

यस्ता कम्पनीमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कम्पनी परेका छन ।
उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बोर्डले जानकारी गराएको छ ।

जोखिम रहेका ५१ वटा कम्पनीहरुकाे सूची यहाँ क्लिक गरेर पनि हर्न सकिन्छ ।

 


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।