स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त भएर ४ हजार १८७ जना घर फकिएका छन् ।