सिन्धुपाल्चाेकमा बाढीले नेशनल हाइड्रोपावरको प्रशारण लाइनमा क्षति

Jun 16, 2021 01:52 PM Merolagani

सिन्धुपाल्चाेक मंगलबार बेलुकादेखि आएको बाढीले नेशनल हाइड्रोपावरको प्रशारण लाइनमा क्षति पुर्याएकाे छ । 

 नेशनल हाइड्रोपावरका अध्यक्ष कुमार पाण्डेका अनुसार आयोजनाको पावर हाउस, बाँध, सुरुङ्ग लगायतमा संरचनामा खासै ठूलो क्षति पुर्याएको छैन तर आयोजनाको ३/४ वटा प्रशारणलाइन भने बगाएको छ।

"हामी एनालाइसिस गर्दै छौ, हाम्रो संरचनामा भने धेरै ठुलो असर परेको छैन। " उनले भने "इन्द्रावती खोला मेलम्चीमा मिसिए सकेपछि ३/४ वटा टावर बगाएको भन्ने रिपोट आएको छ। त्यो भनेको धेरै ठूलाे खर्च भने होइन।"

प्रोजेक्टमा चलाउन नसक्नेगरी असर परेको छैन तर टावर बगाएकोले केही प्रभाविेत भएको उनले बताए।

यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाका कामदारहरु बस्ने क्याम्प समेत बगाएको छ । केही कामदार सम्पर्कहीन रहेकाे बताइएकाे छ । त्यहाँ नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरूकाे पहलमा उद्दार र खाेजी कार्य जारी छ ।

बाढीका कारण  सिन्धुपाल्चाेकमा   ७ जनाभन्दा धेरैको मुत्यु भइसकेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।