कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बेलुका बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान खुलाउने समेत निर्णय भएको छ ।
जसमा हवाई उडान खुले पनि सातामा दुई हजार जना यात्रु भन्दा बढी नहुने गरी हवाई उडान सञ्चालन हुने बताइएको छ ।
खासगरी वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने भएको हो । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
असारको दोस्रो साताबाट लागू हुँने गरी यो निर्णय भएको हो । यो सगै असार आठ गतेबाट निषेधाज्ञालाई खुकुलो गरिने भएको छ ।