सुन बिक्री गरेर शेयर खरिद गर्ने बढे, सुन किन्न हतार नगर्दा राम्रो, यी तीन कारणले सुनको भाउ अझै घट्ने

Jun 20, 2021 11:28 AM merolagani

सुन किन्ने तयारी अवस्थामा हुनुहुन्छ भने अहिले हतार नगर्दा हुने भएको छ । सुनको भाउ अझै सस्तो हुने सम्भावना देखिएकाले सुन किन्न हतार नगर्दा हुने भएको हो ।कुनै समय एक तोला सुन किन्न १ लाख ३ हजार भन्दा बढी तिर्नु पर्दथ्यो । तर, अहिले त्यति नै सुन किन्नका लागि करिव ९० हजार भए पुग्ने भएको छ ।

केही दिन अझै पर्खदा सुन अझै घट्ने सम्भावना देखिएको छ । विश्व बजारमा सुनको भाउ ओरालो लागेका कारण नेपालमा पनि सुनको मूल्य घटेको हो ।

विश्व बजारमा सुनको भाउ घट्नुका पछाडि मुख्यतया तीन कारण रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रवत्ता मनोज शाहले बताए । ‘पहिलो कारण त फेटालिजम बैंक अफ अमेरिकाले सुन ब्याज बढाएका कारण सुनको मुल्य घटेको हो,’ उनले भने, ‘उक्त बैंकले केही वर्षसम्म ०.२५ प्रतिशत ब्याज भन्दा बढी नबढाउने भनेको थियो । तर, सन् २०२३ सम्ममा ब्याजदर दुई पटक बढाउने संकेत दिएकाले सुनको भाउ बढ्न पुगेको हो ।’

फेटालिजम बैंक अफ अमेरिकाको बैंकको मिटिड.मा अध्यक्ष पावेलले वित्तीय स्थितिलाई चलायमान बनाउन ब्याजदरमा परिवर्तन गर्ने संकेत दिएपछि सुनको भाउ बढेको प्रवत्ता शाहको भनाइ छ । ‘यसले गर्दा सुनमा लगानी गर्नु भन्दा पनि बन्ड र शेयर मार्केटमा लगानी गर्न बढी उत्सुक देखिएका छन्,’ उनले भने, ‘यही कारणले सुन बिक्री चाप एक्कासी बढ्न पुगेको छ । बिक्री बढदा बित्तीकै सुनको भाउ कमी हुन पुगेको हो ।’

यसैगरी, यसैगरी अमेरिकी डलर मजवुत हुँदै गएका कारण पनि सुनको मूल्य बढ्न पुगको प्रवत्ता शाहको भनाइ छ । ‘अस्ति एक अमेरिकी डलर बराबर ११६ रुपैयाँ भएकोमा हिजो ११८.९० पैसामा पुगेको छ । यो बीचमा झन्डै ३ रुपैयाँ बढी पर्न गएको छ ।’ डलरको भाउ मजवुत हुँदै गएकाले सुनको भाउ घट्न पुगेको हो ।

सुनको भाउ घट्नुको तेस्रो कारण फेटालिजम बैंकले रोजगारी बढ्न नसक्ने जुन आंकलन गरेको थियो । त्यसको विपरित विश्व बजारमा रोजगारी पनि बृद्धि भएको छ । रोजगारी बढेका कारण तीन चार दिनमा नै प्रति औंस १०० डलर भन्दा बढीले घटन गएको छ । यसका कारण अझै सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको प्रवक्ता शाहले बताए ।


केही सयमअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको थियो । गत साउन २३ गते सुनको मूल्यले नयाँ उचाइ छोएको थियो । उक्त दिन एक तोला सुन खरिद गर्नका लागि १ लाख ३ हजार ५ सय रुपैयाँ तिर्नु परेको थियो ।

तर अहिले एक तोला सुन किन्दा करिव ९० हजार तिरे मात्र पुग्ने भएको छ । करिव साढे १० महिनाको अवधिमा सुन तोलामा १३ हजार रुपैयाँ भन्दा बढी घटेको छ । अझै घट्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसका कारण आयातमा रोकिएको सुन अब भने ल्याउने तयारी गरिएको छ । गत वर्षको कोरोना भाइरसपछि सुन दैनिक १० किलो मात्र आयात हुँदै आएको थियो ।

पहिलो चरणको कोरोना भाइसरको संक्रमण कम भएपछि सुन दैनिक २० किलो ल्याउन दिनु पर्ने माग व्यवसायीले गर्दै आएका थिए । व्यवसायीको माग अनुसार दैनिक २० किलोसम्म सुन ल्याउन दिइएको थियो ।

तर, दोस्रो चरणको लकडाउनका कारण बैंशाख १६ देखिको निषेधाज्ञा जारी भएपछि सुन आयात रोकिएको छ । अहिले पुनः निषेधाज्ञा खुकुलो हुने संकेत देखिएसँगै सुन आयात पुनः खुलाउने तयारी भइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।