बिहान ११ बजेदेखि ४ बजेसम्म भाडा,मोबाइल र सुनचाँदी पसल खोल्न दिइने, फेन्सी पसल पनि खुल्ने

Jun 20, 2021 05:55 PM Merolagani

आइतबार,मंगलबार र बिहीबार सुनचाँदी,भाँडा पसल,मोबाइल पसल बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न दिइने भएको छ ।

आइतबार उपत्यकाका तीनै सिडिओको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर,फेन्सीका पसलहरु खुल्नेछन् ।

यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ ।

अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ । त्यस्तै ट्याक्सीमा भने तीन जना मात्रै यात्रु राख्न पाइनेछ  भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।