अर्थमन्त्रालयले रकम निकासा नगर्दा कोरोना बीमाको दाबी भुक्तानी रोकियो

Jun 21, 2021 11:45 AM Merolagani

अर्थ मन्त्रालयले रकम निकासा नगर्दा कोरोना बीमा दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमा निर्देशिका अनुसार दायित्व सरकारमा सरेपछि कोरोना बीमाको दाबी भुक्तानी पछिल्लो केही महिना देखि रोकिएको हो ।

बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयसंग तीन अर्ब रुपैयाँ माग गरेको थियो । समितिबाट माग भएको रकम अर्थमन्त्रालयले निकासा नगरेपछि कोरोना बीमा दाबी भुक्तानी रोकिएको छ ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब निर्जीवन बीमा कम्पनीहरुले र दोस्रो एक अर्ब रुपैयाँको दाबी पुनर्बीमा कम्पनीले, तेस्रो चरणको ५० करोड रुपैयाँ निर्जीवन बीमा कम्पनीहरुले महाविपत्ती कोषबाट र चौथों चरणमा बीमा समितिबाट एक अर्ब रुपैयाँ व्यहोर्नुपर्ने व्यवस्था छ ।

त्यस अनुसार निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको जागेडा कोषबाट भुक्तानी गर्नुपर्ने रकम बराबरको दायित्व सकाइसकेको छ । निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको जागेडा कोषबाट व्योर्होनुपर्ने ३ अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेपछि कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकारमा सरेको हो ।

तर सरकारले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी नगरेपछि बीमितहरुले पाउने दाबी भुक्तानी रकम रोकिएको हो ।

बीमक संघका सचिव चंकी क्षेत्रीले सरकारबाट आउनु पर्ने रकम नआएपछि दाबी भुक्तानी रोकिएको बताए । ‘हामीले आफ्नो दायित्वमा पर्ने भन्दा बढी रकम भुक्तानी गरिसकेका छौं । तर सरकारको दायित्वमा रहेकार रकम अर्थमन्त्रालयबाट निकाशन नभएपछि दाबी भुक्तानी रोकिएको छ ।’ उनले भने ।

दोस्रो लहरमा कोभिड १९ को संक्रमण दर बढेपछि बढेको उनको भनाई छ । हालसम्म करिब १२ अर्ब रुपैयाँ बराबरको दाबी परेको उनको अनुमान छ ।

सरकारबाट आश्वसन पाएकै भरमा यस अघि दायित्व भन्दा बढी रकम भुक्तानी गरेको उनको भनाई छ । अर्थमन्त्रालयले आश्वसन दिकै भरमा करिब १ लाख दाबी वापत ९ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गरिसकेको उनले मेरोलगानीलाई जानकारी गराए ।

‘अब सरकारले रकम निकास नगरेसम्म हामीले भुक्तानी दिन सकिने अवस्था छैन् । आश्वसन पाएकै भरमा बीमा कम्पनीहरुले भुक्तानी गर्दै जान सकिदैन ।’ उनले भने ।

अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीको लागि रकम निकासा गर्नुपर्ने र बीमा समितिले पहल गर्नुपर्ने उनको भनाई छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने अर्थमन्त्रालयबाट दाबी वापतको रकम निकासाको लागि पहल भैरहेको जानकारी गराए । ‘सरकारको दायित्वमा पर्ने रकम निकासाको लागि हामीले पहल गरिरकेका छौं ।’ उनले भने ।

बीमा समितिले तत्कालको लागि अर्थमन्त्रालयसंग ३ अर्ब रुपैयाँ माग गरेको जनाउदै उनले रकम निकासा भएपछि कोरोना बीमा वापतको दाबी भुक्तानी पुन सूचारु हुने बताए ।

अर्थमन्त्रालयले सरकारी कर्मचारीहरुको कोरोना बीमा वापतको बीमाशुल्क भने बीमा समितिलाई पठाई सकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।