ट्याक्सी चल्ने भनेपछि मंगलबारदेखि टुटल र पठाओ पनि सञ्चालनमा आउने,राइडरहरुलाई म्यासेज पठाइयाे

Jun 21, 2021 12:24 PM Merolagani

युवराज बस्नेत

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले मंगलबारदेखि निषेधाज्ञालाई खुकुलो पार्दै आर्थिक गतिविधि चलाएमान बनाउने भएसँगै राइड सेयरिङ कम्पनीहरु पनि सञ्चालनमा आउने भएका छन ।

आइतबार तीनै जिल्लाको सिडिओहरुको बैठकले जोर÷बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिने भएपछि भोलिदेखि टुटल, पठाओ लगाएतका कम्पनीले सेवा सुरु गर्ने भएका हुँन ।

राइड सेयरिङ् कम्पनी जस्तै गत हप्तादेखि काठमाडौं उपत्यकामा होम डेलिभरी सेवापनि सञ्चालन भइरहेका छन् ।

अर्कोतर्फ आइतबारको निर्णय अनुसार काठमाडौंमा बढीमा तीन जना राखेर ट्याक्सी पनि सञ्चालन गर्न पाउने भएका छन् ।

राइड सेयरिङ कम्पनी पठाओका कन्ट्री डाइरेक्टर आसिममान सिंह बस्न्यातले मंगलबारदेखि आंशिक सेवा सञ्चालन हुने जानकारी दिए ।

‘प्रशासनले ट्याक्सीलाई सञ्चालन अनुमति दिने तर, राइड सेयरिङ कम्पनीलाई रोक्ने हुन सक्दैन’ बस्न्यातले मेरोलगानीसँग भने ‘ ट्याक्सी भन्दा सुरक्षित तबरबाट सेवा दिन्छौं’ ।

सरकारले तत्कालै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात समेत सञ्चालन अनुमति दिइसकेको छैन । जसको कारण यस्तो सेवाले यात्रुलाई राहत दिने बताइएको छ ।

उनका अनुसार सार्वजनिक यातायातको विकल्पमा यात्रुहरुलाई आवतजावत गर्न राइड सेयरिङ कम्पनी नै प्रभावकारी हुने बस्न्यातको भनाई छ ।

सार्वजनिक यातायात सञ्चालन नभएको अवस्थामा ट्याक्सी मार्फत यात्रु यात्रा गर्ने अवस्था नरहेका कारण पनि उपत्यकामा टुटल पठाओ सञ्चालन गनुैपर्ने व्यवसायीहरुले बताएका छन् ।

टुटलका संस्थापक शिक्षित भट्टले भोलिदेखि टुटलको सबै सेवा पूर्णरुपमा सुचारु हुने बताए ।

‘जिल्ला प्रशासनले राइड सेयर कम्पनी नै तोकेर सञ्चालन अनुमति नदिएपनि हामी सेवा सुरु गर्न लागेको हौं’ उनले भने ‘प्रशासनले रोक लगाउनपनि सक्छ त्यो सञ्चालन भएपछि मात्रै थाहा हुन्छ’ । गत बर्ष निषेधाज्ञा खुलेपनि यस्ता कम्पनी सञ्चालन भएका थिएनन् ।

सार्वजनिक यातायात नचलेको अवस्थामा यात्रुलाई यो सेवाले राहत दिने व्यवसायीको भनाई छ । भट्टका अनुसार मंगलबारदेखि राइडरहरुलाई स्वास्थ्य मापदण्ड पालना गराएर यात्रुको ओसारपसार गर्ने छ ।

कम्पनीहरुले राइडरहरुलाई सेवा सुरु हुने भन्दै तयारी गर्न म्यासेज समेत पठाइसकेका छन्  ।  

काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागी उपत्यकामा सार्वजनिक यातायात तथा अन्य भिडभाड हुँने क्षेत्रलाई केहिम समय रोक लगाइने जनाएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।