नयाँ ट्रेडिङ्ग बानी विकास गर्ने ४ टिप्स

Jun 22, 2021 07:50 AM Merolagani

सफल ट्रेडर बन्नका लागि सही स्टक सही समयमा खरिद वा बिक्री गर्नु मात्र आवश्यक छैन। सफल ट्रेडर बन्न त्यही अनुसारको अनुशासन र बानी व्यहोरा पनि हुनुपर्छ।

यहाँ सफल ट्रेडर बन्नका लागि आवश्यक बानीहरुको विकास गर्न यही टिप्सहरु दिइएको छ।

१) स्पष्ट हुनुहोस्

‘स्वस्थ्य खानु’ र ‘कम खर्च’ गर्ने वाचा गर्नु मात्र पर्याप्त छैन।

तपाईले अहिलेको खानाबाट कति क्यालोरी घटाउनु भयो? सातामा कति दिन बाहिरको खानुको सट्टा घरमै बनाएर खानुहुन्छ? तपाईले कति दिन यसलाई कार्यान्वयन गर्नुहुन्छ?

ट्रेडरहरुलाई पनि केही बानीको विकास गर्न स्पष्ट नियम चाहिन्छ।

‘अति अनुशासित’ बन्नुको सट्टा, तपाईले ३० प्रतिशत नाफा भएपछि त्यसलाई बुक गर्ने अथवा ट्रेडिङ्ग समयमा सामाजिक सञ्जाल नहेर्ने जस्ता केही स्पष्ट लक्ष्यमा लक्षित हुन सक्नुहुन्छ।

२) आफ्नो लागि सहज बनाउनुहोस्

यदि केही कुरा गर्न ‘सजिलो’ छ भने तपाई त्यस बानीलाई अपनाउनुहुनेछ।

मिम स्टकहरुलाई बेवास्ता गर्ने योजनामा हुनुहुन्छ? त्यसलाई आफ्नो वाचलिष्टबाट हटाउनुहोस्। ट्रेड जर्नलिंगसँग अझ धेरै स्थिर हुन चाहनुहुन्छ? आधारभूत तथ्याङ्कबाट सुरु गर्नुहोस् र त्यसपछि केही सूचना थप गर्नुहोस् यदि तपाई आफ्नो इन्ट्रिहरुमा स्थिर हुनुहुन्छ भने।

नयाँ बानी विकास गर्ने समयमा, तपाई कार्यान्वयलाई सुधार्नुभन्दा अघि स्थिरतालाई प्राथमिकता दिन चाहनुहुन्छ।

३) रिवार्ड सिस्टम निर्माण गर्नुहोस्

नयाँ नियम अनुशरण गरेको प्रत्येक पल्ट रिवार्ड पाउनु भयो भने, तपाई त्यसलाई निरन्तरता दिन थप उत्साहित हुनुहुनेछ। त्यससँगै तपाईले त्यसलाई बानी नहुन्जेल दोहोर्याउनु हुनेछ।

आफ्नो रिवार्डको बारेमा फेन्सी नहुनुस्। यो तपाईको ‘डाइमण्ड ह्याण्ड्स’ ट्रेडहरुका लागि अधिक धन या गेमिङ्गका लागि थप भत्ता जस्तो सजिलो हुनसक्छ। आफुलाई प्रभावकारी हुने जे सुकै होस्, प्रयोग गर्नुहोस्।

४) एक पटकमा एउटा बानीमा काम गर्नुहोस्

अवश्यपनि, नयाँ १० ट्रेडिङ्ग बानी विकास गर्नु र अनुशासित र निरन्तर दुई महिनासम्म नाफा कमाउने ट्रेडर बन्न सक्नु एकदम राम्रो कुरा हो।

तर याद राख्नुस्, हाम्रो मांसपेशीजस्तै, हाम्रो अनुशासन र इच्छाशक्तिको पनि सीमा हुन्छ। आफुलाई मन लागेको समयमा नयाँ ५ बानीहरु बनाउनु भन्दा एक ट्रेडिङ्ग बानीलाई निरन्तर अभ्यास गर्नु एकदमै राम्रो हो।

नयाँ बानी विकास गर्नु सजिलो कार्य होइन। तर, यदि तपाई निरन्तर नाफा कमाउने ट्रेडर बन्न चाहनुहुन्छ भने, तपाईले त्यस्ता बानीहरुको विकास गर्नुपर्छ जसले तपाईलाई ट्रेडिङ्ग प्रक्रिया सुधार्न आवश्यक छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।