बोर्डको बिज्ञप्ति आउनु एक/दुई दिन अघि एक खर्बको शेयर बिक्री गरेका ठूला लगानीकर्ताको १० प्रतिशत बजार घटाउने योजना सफल बन्दै

Jun 21, 2021 03:17 PM Merolagani

सुवास निरौला

नेपाल धितोपत्र बोर्डले बिज्ञप्ति निकाल्नु एक/दुई दिन अघि नै शेयर बिक्री गरेर बाहिरिएका ठुला लगानीकर्ताको कम्तिमा १० प्रतिशत बजार घटाउने योजनमा सफल हुदै गएको छ।

ठूला लगानीकर्ता जति सक्दो बजारमा सेल प्रेसर देखाएर बजार घटाउन सफल देखिन थालेका हुन्।

धितोपत्र बोर्डले बिज्ञप्ति निकाल्नु भन्दा एक/दुई दिन अघि नै ठुला लगानीकर्ताले धेरै जसो शेयर बिक्री गरेका थिए। बोर्डले बजारको अध्ययन गरिरहेको र उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने  सूचना चुहिएसँगै उनीहरुले हतार हतार शेयर बिक्री गरेका थिए। जेठको अन्तिम साता मात्रै दोस्रो बजार बढेको मौका छोप्दै करिव एक खर्ब रुपैयाँ भन्दा बढीको शेयर सर्बसाधारणलाई भीडाउँदै ठूला लगानीकर्ता बाहिरिएका थिए।

धितोपत्र बोर्डले बिज्ञप्ति सार्बजनिक हुनु भन्दा एक दिन अघि मात्रै दोस्रो बजारमा करिब २० अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। उक्त दिन धरै लगानीकर्ताले शेयर बिक्री गर्न भ्याएका थिए। अघिल्लो दिन शेयर बिक्री गर्न नभ्याएकाहरुले सोही दिन शेयर बिक्री गरेका हुन्। बिज्ञप्ति निकाल्ने दिन पनि बजार बढाएरै शेयर बिक्री गरेर निस्कने योजनामा रहेका लगानीकर्ता उक्त दिन भने सफल हुन सकेका थिएनन्। किनकि उक्त सूचनाले भित्रै भित्र व्यापकता पाउँदै गएपछि कारोबारको आधा समय सम्म बढ्दो लयमा देखिएको बजार आधा समयपछि भने घट्दो लयमा देखिएकाे थियो। ठुला लगानीकर्ताले जतिमा आएपनि शेयर फ्याँक्न थालेपछि उक्त दिन बजार आधा समयपछि घट्दो लयमा देखिएको थियो।

बोर्डले बिज्ञप्ति निकालेको साता मात्रै दोस्रो बजारमा एक खर्ब दुई अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो। उनीहरुले नै यतिबेला दोस्रो बजारलाइ जति सक्दो घटाउन खोजिरहेको एक ब्रोकर कम्पनीका संचालकको भनाई छ। उनीहरुले एक सातामै कम्तिमा बजारलाइ १० प्रतिशत घटाउन खाेजेका थिए। तर दोस्रो बजारको उतार चढाव देख्दै आएका लगानीकर्ताले बिक्री आदेशलाइ मजबुत बनाइदिँदा एक सातामा त्याे योजना सफल हुन भने सकेन। तर बिस्तारै उनीहरुले लगानीकर्तालाइ मनोवैज्ञानिक दबाव भने बढाउँदै लगेका छन्। जसका कारण बजार बिज्ञप्ति पछि बजार लगातार घट्दै गएको छ।”बोर्डको बिज्ञप्ति आउनु भन्दा केहि दिन अघि देखि नै लगानीकर्ताले कति मूल्यमा बायर छन् भन्ने पनि नसोधी जति जति मूल्यमा शेयर बिक्री हुन्छ। सबै शेयर बिक्री गरिदिनु भन्ने गरेका थिए। जबकि उनीहरुले त्यस अघि के कस्तो मूल्यमा जान्छ ? के गर्दा ठिक होला ? भनेर परामर्श नगरी शेयर बेच्दैन थिए। तर बिज्ञप्ति आउनु केहि दिन अघि देखि भने उनीहरुले त्यस्तो भन्दै नभनी शेयर मात्रै फालिदिनु पर्यो भन्ने गरेका थिए।  त्यसको केहि दिनमै बोर्डको बिज्ञप्ति आईहाल्यो” उनले मेरो लगानीसँग भने।

उनीहरुले कम्तिमा पनि १० प्रतिशत बजार घटाउने योजना बनाएको ति ब्रोकर कम्पनीका संचालकको दाबी छ।  १० देखि १२ प्रतिशत बजार घटेपछि पुन: शेयर उठाउने उनीहरुको योजना हो। जसका लागि उनीहरुले  असारमा व्याज तिर्नको लागि बजार घट्ने, मौद्रिक नीतिमा कडाइ हुने,बन्दाबन्दी खुकुलो हुँदै गर्दा शेयर बजारका टुरिष्ट लगानीकर्ता बाहिरिने लगायतका हल्ला चलाउँदै आएका छन्।  बन्दा बन्दी खुकुलो हुने र टुरिष्ट लगानीकर्ता बाहिरिने हल्लाले सोमबार बजारलाइ पुन: प्रभावित पारेको छ। जसको कारण बिज्ञप्तिपछि सोमबारसम्म बजार ६.७३ प्रतिशतले घटिसकेको छ।  

असार एक गते बोर्डको बिज्ञप्ति आएको हो। त्यसको अघिल्लो दिन बजार ३०२२ अंकम रहेको थियो। त्यस यता सोमबारसम्म बजार घटेर २८३४ अंकमा झरेको छ। बिज्ञप्ति पछिको पाँच कारोबार दिनमा बजार १९१ अंकले ओर्लि सकेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।