घटेको बजारमा लगानीकर्ताहरुको आकर्षण ऋणपत्रमा

Jun 21, 2021 03:44 PM Merolagani

साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ। गत साताको मंगलबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

घटेको बजारमा यस दिन लगानीकर्ताहरु ऋणपत्रमा आकर्षित भएको देखिन्छन्। यस दिन शेयरमूल्य बढेका १८ कम्पनीहरुमध्ये अधिकांश डिबेन्चर रहेका छन्।

आर्थिक वर्षको अन्त्यमा ब्याज पाइने भएकोले अहिले बजारमा ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरु बताउँछन्। ऋणपत्रमा प्रायजसो कम्पनीहरुले अर्थवार्षिक रुपमा ब्याजदर प्रदान गर्ने गर्दछन्। र सो अनुसार कम्पनीहरुले अब असार मसान्तमा ब्याज प्रदान गर्दछन्। त्यसैले यस महिनामा ऋणपत्र खरिदबिक्री बढी हुने गरेको उनीहरुको भनाइ छ।

अहिले बजार घट्दो क्रममा छ। यस्तो बेला ऋणपत्रमा लगानी गर्नु सुरक्षित हुने र प्रतिफल पनि पक्क भएका कारण ऋणपत्रमा लगानीकर्ताहरु आकर्षित भएको उनीहरुको बुझाइ छ।

सोमबार नेप्से परिसूचक २.४५ प्रतिशत अर्थात ७१.०६ अंक घटेर २८३४.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३७ अंक घटेर ५२०.१८ विन्दुमा झरेको छ।

यस दिन २२७ कम्पनीको १ लाख ३० हजार ३९७ पटकको कारोबारमा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार जस्तै यस दिन पनि सबै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत र वित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक र होटल तथा पर्यटनको ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३० करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, कुमारी बैंकको संस्थापक शेयर पनि सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ। कारोबारमा आएको पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेकाे छ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।