यामाहा एफजेड एक्स दसैं भित्रै नेपाल आउने, यस्तो छ मूल्य र बिशेषता

Jun 21, 2021 04:31 PM Merolagani

भारतीय बजारमा यामाहा एफजेड एक्स सार्वजनिक भएको छ।कम्पनीले भारतमा रेट्रो डिजाइनमा यो मोटरसाइकल सार्वजनिक गरेको हो । एफजेडएस भी ३ मा आधारित भएर डिजाइन गरिएको यो मोटरसाइकमा नयाँ प्रविधि र फिचर समावेश गरिएको छ ।

खासगरी एफजेड एक्स मोटरसाइकलमा एलइडी हेड ल्याम्प,ब्लुटुथ कनेक्टिभिटी सिंगल च्यानल एबीएस , कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन,दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट लगाएतका फिचर उपलब्ध रहेको बताइएको छ ।

एफजेड एक्स मोटरसाइकलमा १४९ सीसी क्षमताको एफआई इन्जिन दिइएको छ जसले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको कम्पनीले जनाएको छ ।

भारतिय बजारमा यो मोटरसाइकलको मसल्य १ लाख १७ तोकिएको छ । भारतीय बजारमा बिक्री वितरण सुरु भएको केहि महिना भित्रै एफजेड एक्स नेपाली बजारमा भित्रिने अपेक्षा गरिएको छ ।

 

सम्भवत यो मोटरसाइकलले १५० सीसीका अन्य कम्पनीका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपालमा आउदा यो बाइकको मुल्य एफजेड एस भि३ भन्दा केहि महंगो हुने अनुमान गरिएको छ ।

हाल भि ३ को मूल्य तीन लाख २९ हजार रहेको हाल भि३को मूल्य तीन लाख २९ हजार रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।