पाँच दिनमा २ खर्ब ७८ अर्बले घट्यो लगानीकर्ताको सम्पति,बजार पूँजीकरण ४० खर्ब तल झर्यो

Jun 21, 2021 04:50 PM Merolagani

पछिल्लो केही दिन यता नेप्से सूचक घट्दो क्रममा देखिएको छ। जसले गर्दा लगानीकर्ताको सम्पति दैनिक रुपमा घट्दै गएको छ।

गत पाँच दिनमा नै कुल बजार पूँजीकरण साढे २ खर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ। यसको मतलब पछिल्लो पाँच करोबार दिनमा लगानीकर्ताले २ खर्ब ७८ अर्ब रुपैयाँ बजारबाट गुमाएका छन्।

सोमबार कुल बजार पूँजीकरण घटेर ३९ खर्बमा झरेको छ। जेठ महिनाको अन्तिम दिन अर्थात जेठ ३१ गते बजार पूँजीकरण पनि ४२ खर्ब १६ अर्ब रुपैयाँमा पुगेको थियो। यो हालसम्मकै उच्च विन्दु हो। सो विन्दुबाट २ खर्ब ७८ अर्ब ३२ करोड ३४ लाख रुपैयाँले घटेर सोमबारसम्ममा ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाख रुपैयाँमा झरेको छ।

असार लागे देखि शेयर बजार लगातार घट्दो क्रममा छ। ३ हजार २५ विन्दुमा पुगेको नेप्से सूचक पाँच दिनमा १९१ अंकले घटेर २ हजार ४३४ विन्दुमा पुगेको छ। सोमबार पनि नेप्से सूचक ७१ अंकले घटेको छ।



comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।