नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

Jun 21, 2021 06:44 PM Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) ले आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले असार ४ गते देखि लागू हुने गरी आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

त्यस अनुसार लघुवित्तको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरविवि मर्चेन्ट बैकिङ्गले गर्नेछ ।

शेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी आइतबार सम्झौता भएको हो । सम्झौतपत्रमा नेरुडे लघुवित्त वित्तीयकोे तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

आरविवि मर्चेन्ट राष्ट्रिय बाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।