क्लबहाउसले डाइरेक्ट म्यासेज फिचर थप्दै

Jun 22, 2021 12:22 PM Merolagani

पछिल्लो समय नेपालमा समेत लोकप्रिय भएको क्लबहाउसले नयाँ फिचर थप्ने भएको छ । भ्वाइस पोर्डकाष्ट प्लाटफर्ममा आधारित यो एपले चाँडै नै म्यासेन्जिङ फिचर पनि थप्ने भएको हो ।

 

हाल यो प्लाटफर्ममा भ्वाइसमा आधारित भएरमात्रै कुराकानी र छलफल गर्न पाइन्छ । अब भने क्लबहाउले डाइरेक्ट म्यासेज गर्न मिल्ने गरी काम गरिरहेको जनाएको छ ।

अब क्लबहाउसका प्रयोगकर्ताले एक अर्कासँग जोडिन म्यासेज समेत पठाउन सक्ने छन् ।

क्लबहाउसमा जोडिएकाहरुसँग अब अक्षरको माध्यमबाट पनि कुराकानी गर्न सकिने भएको छ । क्लबहाउसको यो नयाँ फिचर सार्वजनिक गर्ने बारे कुनै मिति सार्वजनिक गरिएको छैन ।

फिचर कहिलेबाट प्रयोगकर्ता माझ उपलब्ध हुनेछ भन्ने विषय यकिन छैन । तर, यो फिचर छिटै क्लबहाउसमा आउने चर्चा छ ।

अहिले देशब्यापीरुपमा घटेका घटना क्लबहाउसमा ठूलै बहस हुने गरेको छ । 
एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।