४० इन्टरनेट सेवाप्रदायकका कस्का कति ग्राहक ? यस्तो छ तथ्याङ्क

Jun 22, 2021 02:00 PM Merolagani

हाल नेपालमा सञ्चालित इन्टरनेट सेवाप्रदायकको संङ्ख्या ४० मात्रै रहेको छ । तर, दर्ता भने १३० भन्दा बढी पुगिसकेको छ । ठूला ठूला व्यवसायिक घरानाले पनि पछिल्लो समय इन्टरनेट सेवामा हात हालेका छन् ।

अहिले बजारमा आधा दर्जन मात्रै कम्पनीले एकाधिकार जमाएका छन् ।

नयाँ होस् अथवा पुराना ग्राहक सबैको मुखमा इन्टरनेट भन्ने वितिकै ४ ओटा कम्पनीलाई मात्रै लिने गरेका छन जुन सर्वाधिक चर्चामा छन् ।

वल्र्डलिङ्क,भयानेट, सुविसु, क्लासिक टेक अहिलेको इन्टरनेटको बजारलाई खाएका अर्थात बजार पाएका कम्पनी मध्ययमा पर्छन ।


कस्का कति छन ग्राहक ?

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पत्र लिएका ४० कम्पनीका कुल १३ लाख ८४ हजार जना सस्क्राइबर रहेको छ ।तर,प्राधिकरणकै एमआर्ईएस रिपोर्टमा भने नेपालका इन्टरनेट सेवाप्रदायकहरुको ग्राहक ६० लाख हाराहारी देखाइएको छ ।

प्राधिकरणका अनुसार एउटा घरमा कम्तीमा ४ जनाले एक राउटरबाट इन्टरनेट चलाउने आकालन गरेको छ । जसको कारण उक्त संङ्ख्या देखिएको हो ।

पछिल्लो समय नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी तथा देशकै तेस्रो ठूला दूरसञ्चार कम्पनी भनेर चिनिने वल्र्डलिंक कम्युनिकेशनको चर्चा धेरै छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार वल्र्डलिंकको हालसम्मको केबल र फाइबर गरी कुल ४ लाख ४ लाख ६१ हजार जना ग्राहक रहेका छन् ।

त्यसैगरी दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) रहेको छ । नेपाल टेलिकमका अप्टिकल केबल र फाइबर इन्टरनेटका सेवाग्राही दुई लाख ८८ हजार रहेको तथ्याङ्कमा उल्लेख छ ।

तेस्रोमा भने सुविसु केबल नेट रहेको छ । यसका हालसम्म एकलाख ८८ हजार ग्राहक रहेका छन भने सबैभन्दा बढी ग्राहक रहेको आईएसपिमा क्लासिकटेक चौथो नम्बरमा छ । जसको एक लाख ३७ हजार सस्क्राइबर छन् ।

भायानेट भने पाचौं नम्बरमा छन् । हालसम्म भायानेटको १ लाख ३५ लाख ग्राहक रहेको छ । त्यसैगरी टेक माइन्डस् नेटवर्कको ५७ हजार, ब्रोडलिङ्कको ४० हजार र वेब सर्फरको २९ हजार इन्टरनेट ग्राहक रहेको तथ्याङ्कले देखाएको छ ।

अन्य कम्पनीको भने १० हजार भन्दा तल ग्राहक रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।