मंगलबार नेपाल इन्स्योरेन्सको ९ लाख २० हजार २५०.७९ कित्ता बोनस शेयर र सारथि नेपाल लघुवित्त वित्तीय संस्था (SNBL) को ४ हजार १९९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
यस्तै लघुवित्तले भने हकप्रदमा बिक्री नभएर लिलामीमा ल्याएको हकप्रद शेयर सूचीकृत गराएको हो ।
उक्त बोनस शेयर र हकप्रद शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।