बैंकहरुले भदौ १५ सम्म उठेको ब्याज अघिल्लो वर्षको आम्दानीमा लेखाङ्कन गर्न पाउने, लाभांशमा गत वर्षकै व्यवस्थालाई निरन्तरता

Jul 26, 2021 05:09 PM Merolagani

केन्द्रिय बैंकले आगामी भदौ १५ गतेसम्म उठेको ब्याज रकमलाई गत वर्षकै आम्दानीमा गणना गर्न पाउने भएका छन्।

केन्द्रिय बैंकले सोमबार एक निर्देशन जारी गर्दै २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७८ भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेको छ।

त्यसैगरी केन्द्रिय बैंकले लाभांस वितरणको लागि भने गत वर्षको व्यवस्थालाई नै निरन्तरता दिएको छ।

याे व्यवस्था पछि बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउनेछन्। यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन ।

खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।