सुस्त गतिमा अघि बढ्दै बीमा क्षेत्र, एक तिहाई जनसंख्यामा पुर्याउने लक्ष्य चुनौतिपुर्ण बन्दै

Jul 28, 2021 11:33 AM Merolagani

बीमाको दायरा सुस्त गतिमा अघि बढि रहेको छ । नेपालमा बीमा व्यवसाय शुरु भएको करिब ३ दशक पुग्नै लाग्दा बल्ल बैदेशिक रोजगार (म्यादी बीमा) सहित २७ प्रतिशत जनासंख्यामा मात्रै बीमाको पहुँच पुगेको छ ।

बीमाको क्षेत्र र दायरा बढाउने विषयमा सरकाले उच्च प्राथमिकता राखेको बताए पनि यसको दायरा विस्तार भने अपेक्षा अनुसार भइरहेको छैन । बीमा समितिको तथ्यांक अनुसार पछिल्लो ६ वर्षमा जीवन बीमाको दायरा १२ प्रतिशले मात्रै बढेको छ । यो भनेको औषतमा वार्षिक २ प्रतिशतले मात्रै वृद्धि भएको हो ।

समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत रहेको बीमा कभरेज गत आर्थिक वर्ष २०७७/७८ सम्ममा २४.७६ प्रतिशत पुगेको छ । यो वैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेकको तथ्यांक हो । म्यादी बीमा सहित जीवन बीमाको कभरेज २७ प्रतिशत मात्रै पुगेको समितिले जनाएको छ ।

बीमालेखको दोहोरो गणना (डुप्लिकेशन) हुनसक्ने भएकोले कुल बीमालेखको ५ प्रतिशत बीमालेख घटाएर समितिले जीवन बीमा कभरेजको तथ्यांक निकालेको गरेको छ ।

एक तिहाईमा पहुँच विस्तार गर्ने लक्ष्य चुनौति बन्दै

सरकारले चालु आर्थिक वर्ष भित्रै बीमाको दायरा विस्तार गरी एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य राखेको छ । हाल २७ प्रतिशत रहेको बीमाको पहुँच एक वर्षमा ६ प्रतिशतले बढाएर ३३.३३ प्रतिशत पुर्याउने महत्वाकांक्षी लक्ष्य सरकारले राखेको छ ।

चालु आर्थिक वर्षभित्र एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याउने सरकारको लक्ष्य पुरा गर्न चुनौतिपूर्ण रहेको छ । यद्यपी बीमा समितिले चालु आर्थिक वर्ष भित्र सरकारको लक्ष्य पुरा गर्ने गरी तयारी थालेको जनाएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दायरा विस्तारमा सरकारको लक्ष्य पुरा गर्ने गरी तयारी भइरहेको मेरोलगानीलाई जानकारी गराए । ‘चालु आर्थिक वर्ष भित्र एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याउने योजना अनुसार हामी काम गरिरहेका छौं । हामीले स्थानिय तहका जनप्रतिनिधिहरु अन्तरकृयात्मक कार्यक्रमहरु शुरु गरिसकेका छौं ।’ उनले भने ।

स्थानीय निकायका जनप्रतिनिधिहरुको साथ र सहयोगले बीमाको पहुँच विस्तारमा टेवा पुग्ने बताउदै उनले भने, ‘स्थानीय जनप्रतिनिधि मार्फत आम सर्वसाधारणलाई बीमाको बारेमा बुझाए बीमितको संख्या बढ्मा सहयोग पुग्छ । यस्तै स्थानिय निकायले बीमा गर्दा बीमाशुल्कमा अनुदान दिने जस्ता कार्यक्रमहरु पनि सञ्चालन गर्न सक्छन् । जसले गर्दा बीमा पहूँच विस्तारमा टेवा पुग्न सक्छ ।’

दायरा विस्तारको लागि सम्बन्धीत सबै पक्ष लागि परेकोले चालु आर्थिक वर्ष भित्र एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुग्ने कार्यकारी निर्देशक पौडेलले विश्वास छ ।

समितिले हरेक स्थानिय तहहरुसँग सहकार्य गरी लघु बीमा तथा कृषिमा जोड दिने तयारी समेत गरिरहेको छ ।

लक्ष्य अनुसार दायरा विस्तार किन कठिलाई ?

बीमा समितिले गत आर्थिक वर्षमा पनि ३० प्रतिशतमा बीमाको दायरा विस्तार गर्ने लक्ष्य राखेको थियो । तर उक्त लक्ष्य २७ प्रतिशतमै सीमित भयो । बीमा समितिले पनि गत आर्थिक वर्षमा लक्ष्य पुरा गर्न नसकेको स्वीकार गर्छन् ।

‘गत आर्थिक वर्ष हामीले राखेको ३० प्रतिशतको टारगेट पुरा गर्न सकेनौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरका अधिकाँश क्षेत्रमा असर गरेकोले बीमा गर्नेहरुको संख्या अपेक्षा गरेभन्दा कम रह्यो । त्यसले गर्दा हाम्रो लक्ष्य पुरा भएन’ समितिका कार्यकारी निर्देशक पौडेलले भने ।

यस्तै कोभिडकै कारण बीमालेखहरु प्रिमार्जन गर्न नसक्दा पराम्परागत बीमालेख मात्रै बिक्री भइरहेकोले सर्वसाधारणको आकर्षण कम देखिएको उनले जनकारी गराए ।

यता बीमा सम्बन्धी जानकार व्यक्तिहरु भने बीमालाई विश्वानिय बनाउन नसकेको आरोप लगाउछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।