कम्पनीले साउन २८ गते अकामा होटल, धुम्बाराहीमा सो सभा डाकेको हो। सो सभा अपराह्न १ बजे शुरु हुनेछ।
सभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै आईपीओ निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारण सम्बन्धी, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयर सम्बन्धी र आईपीओका सम्बन्धमा नियमनकारी निकायको निर्देशन बमोजिमका कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु पारित गर्नेछ।
साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो प्रस्तावहरुसहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।