पछिल्लो २४ घण्टामा थपिए ३३६५ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

Jul 29, 2021 04:33 PM merolagani

पछिल्लो २४ घण्टामा देशभर थप ३३६५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको परिक्षण  गरिएकोमा पिसिआर विधिबाट २३३५ र एन्टिजेन विधिबाट १०३० गरी ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यस्तै बिहिबार १३ सय ७३ जना कोरोना भाइरस मुक्त भएर घर फर्किएका छन भने सोहि समयमा १६ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआरबाट गरिएको परिक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेनबाट ५९३८० जना संक्रमित पुष्टि भइसकेको छ ।

त्यस्तै देशभर कोरोना भाइरसबाट ९ हजार ८०७ जनाको मृत्यु भएको तथ्याङकले देखाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।