श्रृजनशील लघुवित्त ऋणात्मकबाट धनात्मकतर्फ उन्मुख हुँदै, कसरी भयो सम्भव?

Jul 30, 2021 11:54 AM Merolagani

श्रृजनशील लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उल्लेख्य सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको १ करोड ३७ लाख रुपैयाँ ऋणात्मकबाट ९ करोड ५२ लाख रुपैयाँले धनात्मकतर्फ उन्मुख भएको देखिन्छ।

खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा उल्लेख्य सुधार हुँदा लघुवित्तको नाफामा बढोत्तरी हुन सम्भव भएको देखिन्छ।

समीक्षा अवधिसम्म लघुवित्तले १४ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड ९४ लाख रुपैयाँले बढी हो। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा एक करोड ८२ लाखले ऋणात्मकबाट ९ करोड ५ लाख रुपैयाँले धनात्मक भएको देखिन्छ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९ करोड २१ लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ८ करोड ७८ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब ८१ करोड ६२ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ। लघुवित्तको निष्कृय कर्जा अनुपात २.१६ प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।