केटीएमले बढायो सबै मोटरसाइकलको मूल्य, एउटै मोटरसाइकलमा ९५ हजारसम्म मूल्य वृद्धि

Jul 30, 2021 01:01 PM merolagani

नेपाली बजारमा युवा वर्गको सबैभन्दा बढी रोजाइमा पर्ने केटीएम मोटरसाइकलको मुल्य भारी रुपमा बढेको छ । साउन १५ गतदेखि लागू हुने गरी केटीएमले नेपालमा मुल्य बढाएको हो । नेपालका लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले अधिकांश मोडलकाे मुल्य वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा केटीएम बाइकको मुल्य ४० हजारदेखि ९५ हजारसम्म मुल्य बढेको छ ।

कम्पनीले सबैभन्दा बढी केटीमएम आरसी ३९० को ९५ हजार मूल्य वृद्धि गरेको छ ।

कुन मोडलमा कति बढ्यो मूल्य ?

नयाँ मूल्य सूची अनुसार केटीएम २०० ड्युकको मूल्य ४० हजार रुपैयाँले बढेर ५ लाख ८४ हजार ९०० पुगेको छ । यस अघि यो बाइकको मूल्य ५ लाख ४४ हजार ९०० थियो भने केटीएम २५० ड्युकको मूल्य ७ लाख २४ हजार ९०० पुगेको छ । २५० ड्युकको मूल्य ५० हजारले बढेको छ ।

 

त्यस्तै केटीएम ३९० ड्युकको मूल्य ९० हजारले बढेर ९ लाख ६९ हजार ९०० पुगेको छ भने केटिएम २५० एड्भेन्चरको मूल्यमा ७० हजारले बढेर ८ लाख १९ हजार ९ सय पुगेको कम्पनीले जनाएको छ । यस अघि यो बाइकको मूल्य ७ लाख ४९ हजार ९ सय थियो ।

 

केटीएम ३९० एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९ सयबाट १० लाख ८९ हजार ९ सय पुगेको छ । आरसी २०० को मूल्य ४० हजार बढेर ६ लाख ५९ हजार ९ सय पुगेको छ ।

हाल सबैभन्दा बढी मुल्य आरसी ३९० को बढेको छ । यसअघि ८ लाख ५९ हजार ९ सयमा पाइने यो बाइक अब ९ लाख ४४ हजार ९ सय पुगेको छ । जसको मूल्य एकैपटक ९५ हजारले बढेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।