सातामा साढे २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 31, 2021 02:02 PM Merolagani

यस साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको छ। गत साता ३००४.३१ विन्दुमा बन्द भएको नेप्से यस साता साढे २ प्रतिशत अर्थात ७५.५२ अंक बढेर ३०७९.८३ विन्दुमा पुगेको छ।

यस साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। गत बुधबार नेप्सेले नयाँ अलटाइम हाइ बनाएको थियो। सो दिन नेप्से ३०९४.९५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ बनाएको हो।

तर, साताको अन्तिम कारोबार दिन भने नेप्सेमा सामान्य करेक्सन भइ ३०७९.८३ विन्दुमा झरेको छ। यस साता सेन्सेटिभ इण्डेक्स ८.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.४९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.७७ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता ४२ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस साता ६७ अर्ब ७४ करोड बराबरको १६ करोड ७५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेकोले लगानीकर्ताहरु उत्साहित छन्।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब ५ अर्ब रुपैयाँ बढेको छ। गत साता ४१ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता बढेर ४२ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ।

यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ७.८९ प्रतिशत बढेको छ। त्यसैगरी, अंकका आधारमा सर्वाधिक बढेको उपसमूह जीवन बीमा उपसमूह हो। सो उपसमूहको परिसूचक गत साता ७१४.५३ अंक बढेको छ। यता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.१८ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा महिला लघुवित्त, कालिका लघुवित्त, सनराइज फस्ट म्युचुअल फण्ड, साना किसान लघुवित्त र एस्केल डेभलपमेन्ट बैंक रहेका छन्। यता मोस्ट पपुलर सेल स्टकको सूचीमा राष्ट्रिय बीमा कम्पनी, सनराइन ब्लुचित फण्ड, कुमारी इक्विटी फण्ड लगायतका कम्पनीहरु परेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।