साधना लघुवित्तको जगेडा कोष करिब ७ गुणा बढ्यो, नाफा कति?

Aug 01, 2021 05:00 AM Merolagani

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले सो अवधिसम्ममा अधिकांश सूचकहरुमा उल्लेख्य सुधार गरेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको जगेडा कोष करिब ७ गुणा अर्थात ५९४.३७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी भने स्थिर रहेको छ।

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १९६.३५ प्रतिशत बढेर ११ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ३ करोड ९५ लाख रुपैयाँ मात्र रहेको थियो।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३९.३६ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ३७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

समीक्षा अवधिमा लघुवित्तको सापटी १२४.५४ प्रतिशत, निक्षेप ८३.४२ प्रतिशत र कर्जा ९१.११ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ १९ पैसा बढेर ४५ रुपैयाँ ५७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।