नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलाम बिक्रीमा

Aug 01, 2021 08:29 AM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ।

लघुवित्तले ६५ हजार ७६० कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १७ गतेदेखि ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम शेयरका लागि कुनै हद तोकिएको छैन।

लघुवित्तको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।